४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनौलो संगमलाई हराउँदै मनाङ मस्याङदी फाईनलमा



लक्ष्मण पोख्रेल, बुटबल ।
साविक विजेता सुनौलो संंगम युवा क्वल रुपन्देहीलाई फराकिलो गोल अन्तरले हराउँदै मनाङ मस्याङदी युवा क्वल बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकपको फाईनलमा प्रबेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुनौलो संगम युवा क्वललाई ५–० ले हराउँदै मनाङ मस्याङदी युवा क्वल फाईनलमा प्रबेश गरेको हो । खेलमा मनाङ मस्याङदीका सुजल श्रेष्ठले ह्याटिक पुरा गरे ।
उनले खेलको २६ औं, ५८ र ८९ औं मिनेटमा गोल गरेका थिए । दुई गोल अञ्जन विष्टले खेलको ३१ औं र ६५ औं मिनेटमा गरे । अनुभवी खेलाडिसंग प्रतिस्पर्धा गरेको सुनौलो संगमले केही महत्वपुर्ण अवसर पाएपनि गोलमा परिणत गर्न सकेन ।
प्रतियोगिता अन्तर्गत आइतबार दोस्रो सेमिफाईन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रिस्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख, द्धितिय हुनेले नगद ७ लाख ५० हजार रुपैया प्राप्त गर्ने छन ।

प्रकाशित मिति : १७ चैत्र २०७४ शनिबार ००:००  ३ : ४७ बजे