५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्रिकेट रंगशाला बनाउने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसन रुपन्देहीमा 



मायादेवी अनलाइन, रुपन्देही ।

लर्ड बुद्ध अन्तराष्ट्रिय बहुउद्धेश्य क्रिकेट रंगशाला बनाउने अभियान बोकेको धुर्मुस सुन्तली फाउण्डेसनको टोलीले मंगलबार रुपन्देहीका बिभिन्न ठाँउको खेल मैदान अवलोकन गरेको छ ।

टोलीले भैरहवामा रहेको सिद्धार्थ रंगशाला र सैनामैना ७ लम्टरियामा रंगशालाको सम्भाव्यताबारे अवलोकन गरेको हो । टोलीले आजै रंगशाला निर्माणबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग छलफल गरेको छ ।

फाउण्डेशनले आजै चितवनमा पनि जग्गा  अवलोकन गरेको छ । पmाउण्डेशनले बनाउने भनेको बहुउपयोगी रंगशालामा ४० हजार दर्शकले खेल हेर्न सक्नेछन् । त्यसमा क्रिकेटसंगै फुटबल, लन टेनिस, बेसबल लगायत धेरै खेलहरु खेल्न सकिने छ । २ अर्ब बजेट अनुमान गरिएको रंगशाला चालु आर्थिक वर्षमै जग्गा छनोट गरेर शिलान्याश गर्ने तयारी छ । जसलाई शिलान्याशको २ वर्षभित्रमा तयार गर्ने योजना छ ।

धेरै क्षेत्रबाट रंगशालाको माग आएपछि फाउण्डेशनले पहिलो पटक एक क्षेत्रमा अन्तराष्ट्रिय बहुउद्धेश्य रंगशाला निर्माण गरेर त्यसपछि अन्य क्षेत्रमा राष्ट्रिय रंगशाला बनाउने फाउण्डेशनको योजना बनाएको अध्यक्ष कट्टेलले बताउनुभयो । भक्तपुरको चाङ्गुनारायण र काठमाडौंको मूलपानीमा यसअघि जग्गा अवलोकन गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७४ मंगलबार ००:००  ११ : ५३ बजे