१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कृषक घाँसको बिउ उत्पादनतर्फ आकर्षित



मायोदवी अनलाइन, दाङ ।
दाङका कृषकहरु व्यवसायीकरुपमा घाँसको बिउ उत्पादनतर्फ लागेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर – ६ का १ सय ५० परिवार कृषकहरुले सहकारी नै गठन गरी बर्सिम जातको घाँसको बिउ उत्पादन गरिरहेको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ ।

दुई नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा पनि बिउ उत्पादनका लागि घाँसको खेती हुने भए पनि दाङमा उत्पादन गरिएको बिउको माग बढीरहेको पशुसेवा कार्यालयको भनाई छ ।

त्यहाँका किसानले उत्पादन गरेको घाँसको बिउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेट मार्फत विक्री भैरहेको छ । नगदेबालीबाट भन्दा घाँसको बिउबाट धेरै फाइदा हुने भएपछि किसानहरुले हिउँदे बालीका रुपमा बर्सिम घाँसको खेती गर्ने गरेको शिवशक्ति घाँसको बिउ उत्पादक सँघले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४ बुधबार ००:००  १२ : ३५ बजे