मायादेवी अनलाइन, बुटवल ।
कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवलले आफ्नो १० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सहकारीले आज मंगलबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।
सहकारीका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जंग बहादुर श्रीस, लेखा संयोजक खिम श्रीस, सल्लाहाकर एवं अधिवक्ता मदन पुन, ठाकुर राना, केशरसिङ गाहा, हरिदेव थापा, इन्द्रा गुरुङ्ग, हेम बहादुर बुढाथोकी लगायतले बोल्नु भएको थियो । सोही अवसरमा सहकारीले ज्येष्ठ शेयर सदस्य केशर बहादुर श्रीस र मिस स्कुल नेपाल २०१८ विजेता अस्मि थापालाई सम्मान समेत गरेको थियो ।
२५ बैशाख २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया