मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिका कपिलवस्तुका गाई भैसी पालक किसानलाई निःशुल्क दुध क्यान बितरण गरिएको छ । पशु सेवा शाखा कार्यालय वाणगंगा २ पिपरा बाटै नगर भित्रका २० जना किसानलाई निःशुल्क दुध क्यान दिइएको हो । कार्यक्रममा बोल्दै नगरका मेयर मंगल प्रसाद थारुले निःशुल्क दुध क्यानले गाई भैसी पालक किसानलाई उत्पादन गरेको दुध विक्रि गर्न सहज हुने बताउनु भयो । नगरका उपमेयर चक्रपाणी अर्यालले आगामी दिनमा किसानहरुले उत्पादन गरेको आधारमा निःशुल्क अनुदान दिइने बताउनु भयो ।
कार्यक्रममा शाखा प्रमुख पशु डाक्टर रुपनारायण श्रेष्ठले नगर भित्र व्यवसायिक रुपमै गाई भैसी पालन गरेका २० जना किसानहरुलाई छनौट गरि दुध क्यान प्रदान गरिएको बताउनु भयो ।
वडा नं १ का वडा अध्यक्ष बालकुमारी अधिकारीको अध्यक्षता, पशु सेवा केन्द्र कोपवाका प्रमुख विष्णु प्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष विष्णु पौडेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे, कामधेनु डेरी एण्ड क्याटल फम पिपराका हेमनाथ पौडेल, टुपियर भैसी पालन फम मोतिपुरका जयलाल गिरी लगायतले बोल्नु भएको थियो । दुध क्यान पाए संगै किसानहरु खुशी भएका थिए । वाणगंगा नगरपालिकामा मात्र करिब ५ हजार लिटर दुध बजारमा खपथ हुने गरेको कार्यालयको भनाई छ ।
२९ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया