२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न



गीता पौडेल, चन्द्रौटा ।
विजयनगर गाउँपालिकामा प्राथामिक उपचारको बिषयमा तालिम सम्पन्न भएको छ । कालिका स्वाभलम्वन सामाजिक विकास केन्द्रको आयोजनामा सामुदायिक बिद्यालय र मदरसाहरुका फोकल शिक्षकहरुलाई बिद्यालय भित्र हुन सक्ने प्राथमिक उपचारको बिषयमा तालिम दिइएको थियो ।
बिजयनगर भित्र रहेका सामुदायिक बिद्यालय र मदरसामा रहेका फोकल शिक्षक शिक्षिकाहरुलाई प्राथामिक उपचारको बिषयमा आबश्यक जानकारी होस र बिद्यार्थीहरुले सजिलै प्राथामिक स्वास्थ्य सेवा प्राप्त गरुन भन्ने उद्धेश्यका साथ तालिम राखिएको हो ।
तालिममा पोषण सप्ताहलाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई गरिने सोधपुछ, प्राथमिक उपचारको बाकसमा हुने सामाग्री, सोध भर्ना रेकर्ड कसरी राख्ने जस्ता बिषयमा तालिम दिएको कालिका स्वालम्वन सामाजिक केन्द्रका पोषण अधिकृत दिपक खड्काले जानकारी दिनुभयो ।
दुइ दिन सम्म चलेको तालिममा बिजयनगर गाउंपालिका स्वास्थ्य इन्चार्ज यज्ञ प्रसाद अधिकारी, खुरुहुरीया स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र कुमार चौधरी, पत्थरदेइया स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र ओखेडा, पोषण प्रमुख सुवास रेग्मी लगायतले सहजीकण गनु भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  ३ : ०३ बजे