२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

बन्दको विकल्प खोजौ



मायादेवी अनलाइन ।
बैशाख ३० गते विप्लव नेतृत्वको (नेकपा) ले नेपाल बन्दको आयोजना ग¥यो । त्यसको ठिक आठ दिन अघि बैशाख २२ गते पनि (नेकपा)ले नेपाल बन्द गरेको थियो । यति मात्र होइन बैशाख २१ गते सार्वजनिक यातायात व्यवसायिले पनि यातायात बन्द गरेका थिए । यसरी १० दिनको समयमा तीन तीन पटक बन्दको मारमा आम नेपाली परे । बन्द आयोजना गर्ने पार्टी, संगठन, संस्थाले आफुलाई ठुलै उपलब्धि ठानेपनि बन्दले कहाँ, कस्तो र कति असर पार्छ भन्ने ख्याल हुन्छ होला कि नाई ? यदि हुँदो हो त पटक पटक नेपाल बन्द किन हुँदो हो र ? बन्दको चरम मारमा नेपाली जनता पर्दै आएका छन । नयाँ बर्ष २०७५ सालकै शुरुवाती महिनामा देखिएका लगातार बन्दका कार्यक्रमले यसबर्ष पनि उस्तै त वित्ने होला भन्ने आशंका उब्जिएका छन ।
सरकारले रटान लगाउदै आएको आर्थिक समृद्धिको नारामा पनि लगातारको बन्दले प्रश्न चिह्न खडा गरिदिएको छ । बन्द, हड्ताल विकास र समृद्धिको बाधक पक्कै हो । विभिन्न स्वार्थपूर्तीका लागि गरिने बन्दको बढी मारमा गरिब मजदुर, उद्योगी, व्यापारी नै पर्दै आएका छन । दिनभर जसो कामगरि गुजारा गर्ने श्रमजीवि नागरिक र व्यापार व्यवसायबाट जिविकोपार्जन गर्ने उद्योगी व्यवसायि नै बन्दको चरम मारमा पर्ने गरेका हुन । एक दिनको बन्दले देशलाई करोडौँ घाटा लाग्ने गरेको पनि अर्थविद्हरु बताउँछन । तर पनि बन्द गर्न राजनीतिक दल पछि पर्न चाहदैनन्, कहिल्लै थाक्दैनन् ।
त्यसो त देश गरिबी, वेरोजगारीको चरम चपेटा छ । यसलाई माथि उठाएर देशलाई तीव्र आर्थिक विकास गर्नुपर्ने छ । त्यस माथि हरेक समयको बन्द, हड्तालले समस्या थपिदिएको छ । मुलुकमा गणतन्त्र, लोकतन्त्र आइसक्यो । जनताले आफ्नो संविधान आफै बनाइसके । तर पनि जनता बन्दको भयबाट मुक्त हुन सकेनन । नेपाल बन्दका प्रमुख मसियार भनेकै राजनीतिक दलहरु हुन । उनीहरुले नै नेपाल बन्दको संस्कार सिकाएका हुन । एमाले, कांग्रेस लगायतका दलहरुले नेपाल बन्द कहिल्यै नगर्ने भनेर जनता बीच बाचा गरिसकेका भएपनि (माओबादी केन्द्र) लगायतका संसदवादी दलहरुले बन्द नगर्ने अझै प्रतिबद्धता जनाई सकेका छैनन । यद्यपि केहि बर्षयता उनीहरुले बन्द गरेको देखिएको छैन ।
तर संसदीय राजनीतिको घोर विरोध गर्दै आएको (नेकपा) नेपाल बन्द गर्ने मध्ये नं. १ मा छ । (नेकपा) ले हरेक समयमा कुनै न कुनै विषय लिएर नेपाल बन्द आह्वान गर्दै आएको छ । राज्य संग उसका थुप्रै विमती होलान त्यो विषय नागरिकलाई त्यति चासो होइन । चासो हो त किन नेपाल बन्द आयोजना गनुप¥यो भन्ने ? राज्य संग विमति भए आफ्नै ढंगबाट हल गर्नुपर्छ । जनतालाई दुख दिनै पर्ने कारण के छ ? धान खाने मुसा चोट पाउँने भ्यागुता भने झै राज्यको रिस गरिब मजदुर र उद्योगी संग किन पोख्ने ?
बन्द माग सम्बोधन गराउने उपयुक्त विधि पक्कै होइन । जनताका उचित माग नै हुन भने पनि बन्दको विकल्प खोजेर हेरौ न त एक पटक ? जनताको साथ र समर्थन कस्तो हुने रछ ! हामीले कहिल्यै भारत बन्द देखेका छैनौ, चीन बन्द सुनेका छैनौ तर नेपाल बन्द हरेक पलपलमा भोगेका छौ । दँुनियामा ठुला ठुला परिवर्तन बन्द, हड्ताल विना भएका छन । नेपालमा भने यो हुन सकेको छैन, यो दुखत कुरा हो । राजनीतिक उद्धेश्य प्राप्तिका लागि अरु विकल्पका बाटापाटा प्रशस्तै छन । अब यता तिर ध्यान दिऔँ ।
दँुनिया सुचना प्रविधिमा तीव्र अगाडि बढेको छ । अबको प्रयोग पनि त्यहि अनुसार हुनुपर्छ । राजनीतिक दलहरुले जनतालाई दुख दिएर होइन राम्रा काम परेर प्रभावमा पार्नसक्नु पर्छ । बल्ल त्यो लोकतन्त्र हो, प्रजातन्त्र हो । राज्य संग विमती नै भए सिंहदरबारमा धर्ना दिऔँ, आमरन अनसन बसौँ, जायज माग सम्बोधन गराउँन जनताको समर्थन जुटाऔ, राज्यलाई दबाब दिऔँ त कसो पुरा नहोला र ! तर नेपालै बन्द गराएर आर्थिक विकासको बाधक नबनौँ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  ९ : ५६ बजे