३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

सडकबाटै जुस बेचेर मनग्य कमाई



दीपा महत, कपिलवस्तु ।
वाणगंगा नगरपालिका ५ कोपवा निवासी जग्गु गुप्ता उखुको जुस बेचेरै मनग्य आम्दानी गर्न सफल हुनु भएको छ । सडकबाटै उखुको जुस बेचेर उहाँ धनपति हुनुभएको हो । पहिले सानो लगानीबाट सुरु गरेको ब्यवसायलाई अहिले थप ब्यवस्थित बनाएको उहाँ बताउनुहुन्छ ।
गुप्ताको स्थाई घर कोपवा भएपनि उहाँ जिल्लाको वाणगंगा नगरपालिका १ प्रदर्शनी गेटको अघि ब्यवसाय संचालन गर्नु भएको छ । २८ वर्षिय गुप्ता फुर्तिलो, जाँगरिलो र मेहनती हुनुहुन्छ । ६ जनाको परिवार उखुको जुस बेचेरै धानेको उहाँले बताउनुभयो ।
उहाँको यस ब्यवसायमा परिवारको भरपूर्ण साथ र सहयोग छ । उखुको जुस बेचेरै दैनिक रु २ हजार देखी रु २५ सय सम्म आम्दानी हुने गरेको उहाँले आर्थिक खबरलाई बताउनुभयो । “कहिले ब्यापार बढी हुन्छ कहिले कम दैनिक २५ सय सम्मको ब्यापार गर्छु उहाँले भन्नुभयो ।” यो व्यवसायबाट आफु बाहेक दुई तीन जनाले प्रत्यक्ष रोजगारी पाएको उहाँले जानकारी दिनुभयो ।
दुई जना कामदारलाई मार्सिक रु ८ हजार दिने गरेको उहाँ बताउनुहुन्छ । उहाँले जुस बनाउनका लागि आवश्यक उखु कृष्णनगर लगायतका स्थानबाट ल्याउनु हुन्छ । उखु किनेर ल्याउँदा रु एक हजार रुपैया क्यून्टल सम्म पर्ने गरेको उहाँले बताउनुभयो । स्वदेशमा नै केहि गर्न चाहने नेपाली युवाहरुका लागि सरकारले विशेष कदम चाल्नु पर्ने बताउँनुहुन्छ गुप्ता ।
उखुको जुस यो सिजनमा बढी विक्री हुने उहाँले बताउनुभयो । कम मेहनतमा हजारौ कमाई भएपनि उहाँ सन्तृष्ट देखिनुहुन्छ । गर्मीको सिजनमा उखुको जुस बेचेपनि अन्य समयमा भने विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा अरु व्यवसाय सञ्चालन गर्ने गरेको उहाँले सुनाउनुभयो । यो गर्मीको समयमा जुस बेच्दा ब्यापारीको ब्यापार बढेको छ भने सर्वसाधारणले जुस पिउन पाउँदा शितलता मिलेको छ । गुप्ता मात्र होईन यतिबेला जिल्लाका अरु स्थानहरुमा पनि जुस बेच्न व्यापारिहरुलाई भ्याईनभ्याई छ ।
यता डाक्टरका अनुसार उखुको जुस पिउदा शरिरमा शितलतामा मात्र नदिई अरु थुप्रै फाइदा हुने गरेको छ । उखुको जुसमा क्याल्सिय, मक्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । त्यतिमात्र होइन उखुको जुसमा आइरन भिटामिन ए बी १, बी २, बी ३, बी ४, बी ५, बी ६ प्रोटीन र फाइवर पनि उच्च हुन्छ । रोजगारीका लागि भन्दै दैनिक हजारौ युवा विदेशिरहेका बेला गुप्ता भने स्वदेशमा नै केहि गर्ने सोचमा हुनुहुन्छ । विदेशमा गएर अर्काको गुलामी गर्नु भन्दा स्वदेशमा नै केहि गर्नु पर्छ भन्ने भावनामा उहाँमा छ । “हामी नेपाली विदेश विदेश भनेर मरिहत्य गर्छौ, विदेशमा सोचे जस्तो कहाँ हुन्छ गुप्ताले भन्नुभयो ।”

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  १० : ०७ बजे