२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कांग्रेस नेता सिंह भन्छन्, यस्तै हो भने ‘कांग्रेस’ सकिन पनि सक्छ



मायादेवी अनलाइन, काठमाण्डौं ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस सकिन पनि सक्ने अवस्था आउनेमा चिन्ता व्यक्त गरेका छन् । बर्तमान चुनौतिलाई सामना गर्न नसकेमा जति राम्रो इतिहास बोकेको भएपनि कांग्रेस ढल्ने उनले बताए । ‘अब नेता कार्यकर्ताहरुले धेरै मेहनत गर्नुपर्छ, अहिलेको चुनौतीलाई सामना गर्न नसके हामी सकिन्छौं,’ सिंहले भने, ‘कम्युनिस्टहरुले विस्तारै जनवादी केन्द्रीयता लाद्न खोज्दैछन् ।’

सिंहले सम्पूर्ण राजनीतिक परिवर्तनहरुको नेतृत्व कांग्रेसले गरेकोले अव विकासका लागि पनि कांग्रेसले काम गर्नुपर्ने उनले बताए । काठमाडौं क्षेत्र नम्बर एकको कांग्रेस भेलालाई सम्बोधन गर्दै उनले संविधानको मर्म विपरित अहिलेको सरकारले काम गरे कांग्रेस चुप लागेर नबस्ने समेत बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  ७ : ५३ बजे