सलिम अन्सारी, प्यूठान ।
प्युठानको सरुमारानी गाउँपालिका ४ बडडाँडा की ३१ बर्षिया मीना बुढाथोकी ३ बर्ष पहिला गाउँघरको चुलोचौको मै सिमित हुनुहुन्थ्यो । श्रीमान गुमाएको पीडा उहाँमा थियो । गाउँमा आयआर्जनको बाटो थिएन । छोराछोरी साना थिए । उनीहरुको पालनपोषणको पिरलो थियो । यसको झनै पीडामा हुनुहुन्थ्यो मीना । तर अहिले उहाँको जीवन फेरिएको छ । गरिबी निवारण कोष कार्यक्रम लागु भए पश्चात गाउँका स्थानीयहरु मिलेर बँगारी सामुदायिक संस्था गठन गरेका थिए । संथामा मीना पनि आवद्ध हुनुभयो ।
संस्थाले आयआर्जनका क्षेत्रमा ऋण लगानी गर्दथ्यो । यही संस्थाबाट ऋण माग्ने सोच मीनाले गराउनुभयो । पहिलै देखि मिना बाख्रा पालन गर्नुहुन्थ्यो । तर दुई चार वटा भन्दा बढी बाख्रा थिएनन् । उहाँको मनमा लाग्यो अव व्यावसायिक बाख्रा पालन गर्छु । एकदिन बैठकमा मीनाले ंस्थाबाट पचास हजार ऋण माग्नुभयो । ‘ मैले पहिला ऋण लिदा तिर्न सक्छु होला कि नाई भन्ने चिन्ता थियो, उहाले भन्नुभयो, मनमा आँट भए सबै कुरा पुग्दो रैछ ।’
संस्थाले स्विकृती दियो साहस गरेर मीनाले ऋण लिनुभयो । त्यो पैसाले मीनाले बाख्रा थप्नुभयो । गरिवी निवारणको ऋण र केहि आफुसँग भएको पैसाले व्यबस्थित खोर बनाउनुभयो । अहिले उहाँ सँग ९ वटा पाठा र १ बोका सहित ३१ वटा बाख्राका पाठापाठी छन् । यही बाख्राको पाठापाठी बेचेर उहाले संस्थाको ऋण बर्षदिनमै चुक्ता गरिसक्नुभएको हो । हिजोआज बाख्राको स्याहारसुसार मै उहाँको दैनिकी बित्छ । उहाँ बाख्रापालनलाई अझै बिस्तार गर्ने सोचमा हुनुहुन्छ । ‘गरिवी निवारण कोषको सहयोगले मेरो जीवनशैली नै फेरियो मीना भन्नुहुन्छ, “बाखा्रपालनबाटै म आत्मनिर्भर भएकी हुँ ।”
तीन जनाको परिवार यही बाख्रापालनको आम्दानीले धानिएको छ । उहाँका दुई छोराछोरी स्थानीय जनता माध्यमिक बिद्यालयमा पढ्छन । छोरा दश कक्षामा र छोरी ६ कक्षामा अध्ययनरत छन । मीनाले भन्नुभयो, ‘बाख्रापालनको आम्दानीले परिवारको खर्च राम्ररी चलेको छ, छोराछोरीलाई पढाउन सजिलो भएको छ ।” अहिले खोरमा दुई लाख रुपैयाँ भन्दा बढीको बाख्रा रहेको उहाँले बताउनुभयो ।
मनमा आँट भएको खण्डमा जे काम पनि गर्न सकिने मीनाबाट सिक्न सकिन्छ । कालिमाटी ग्रामीण बिकास समाज नेपाल प्यूठानको सहजीकरणमा गरिवी निवारण गर्ने लक्ष्य सहित आयआर्जनको क्षेत्रमा सामुदायिक संस्था मार्फत ऋण लगानी गर्दै आएको हो । संस्थाको सहयोगले आयआर्जनमा लागेकाहरु धेरै छन् । सामाजिक परिचालक देउमान सोमैले भन्नुहुन्छ, जसले उनीहरुको जीवनमा नै परिवर्तन भएको छ ।’
२० जेष्ठ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया