१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

बोले भन्दा बढी काम गरेको छु : मेयर शाह



मायादेवी अनलाइन ।
कपिलवस्तुको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित कृष्णनगर नगरपालिका जिल्लाको एक महत्वपूर्ण स्थानीय तह हो । छिमेकी देश भारत संग सीमा जोडिएको नगरपालिका दुई देशको प्रमुख गन्तव्य स्थल पनि हो । लुम्बिनी अञ्चलको दोस्रो ठुला भन्सार नाका रहेको कृष्णनगर औद्योगिक क्षेत्रमा पनि परिचित छ । सोहि नगरको बागडोर अहिले रजत प्रताप शाहले सम्हाल्नुभएको छ । गत बर्ष सम्पन्न स्थानीय तहको चुनावमा शाहले मेयर पद जित्नुभएको हो । कुनै पनि दलको झण्डा ओडेर नभई स्वतन्त्र रुपमा चुनावमा उठेर जित हासिल गर्नुभएका उनै शाह संग जनप्रतिनिधिका बर्ष दिन कसरी विते ? विकास निर्माणका काम कति सम्पन्न भए भनेर आर्थिक खबरले कुराकानी गरेको छ ।

 वितेका एक वर्षलाई नियाल्दा तपाईले कस्तो अनुभव गर्नुभयो ?

पहिलो वर्ष त कुनै कुनै ठाउँमा समस्या पनि आयो । तर पनि त्यो समस्यालाई हामीले छलफल गरि समाधान गर्ने प्रयास ग¥यौ । नगरमा सबैभन्दा बढी समस्या बर्षामास हुने गरेको छ । त्यो समाधानका लागि नगरपालिकाले विशेष योजना बनाएको छ । यस्तै बाटोघाटो निर्माण, विकास पूर्वाधारको शुरुवात गरेर एक बर्ष विताएका छौँ । समग्रमा भन्ने हो भने एक बर्ष हाम्रो सिकाईमै वितेको छ ।

 चुनावका बेला जनताका बिचमा गरिएका बाचा कति पुरा गर्न सक्नुभयो यो एक वर्षको बिचमा ?

धेरै नै पूरा गरिएको छ । मैले चुनावको बेला बोलेका कुरा भन्दा काम धेरै भएको छ । चुनावको बेला मैले खासगरी स्वास्थ्य, शिक्षाको मुद्धा जोडतोडले उठाएको थिए । त्यो समस्या समाधानमा प्रयास थालेको छु ।

 जनताले प्रत्यक्ष अनुभूत गर्नेगरि सम्पन्न गरेका कुनै कामको उदाहरण दिनुस न ?

जुन जुन गाउँमा हिलाम्य बाटा थिए त्यहाँ हामीले पिसिसि बनायौँ । जुन गाउँमा बत्ती थिएन त्यहाँ हामीले बत्ती बाल्यौ । यस्तै धैरै काम भएका छन ।

 मुलुक झण्डै दुई दशक जनप्रतिनिधी विहिनभयो । कर्मचारीले देश चलाउँदा विकास हुन नसकेको हो भन्ने राजनीतिक पार्टीको आरोप लाग्ने गर्दथ्यो । यद्यपि अहिले मुलुकमा तपाई जस्ता जनप्रतिनिधि आउनुभएको छ । अब त अरोप आफैले लिने होला नि ?

के छ भने जनताको चाहना आफु वडा कार्यलयमा जान साथ काम हुन पर्छ भन्ने छ । हामी पनि त्यही चाहना पुरा गर्ने प्रयासमा छौँ । जनताले छिटोछरितो सेवा सुविधा पाउनु पर्छ भन्ने हाम्रो मान्यता हो । नगरका आएका सेवाग्राहीलाई अनावश्यक दुख दिनुहुन्न भनेर मेरा कर्मचारीलाई भन्दै आएको छु । मुलुकमा झण्डै दुई दशक सम्म जनताका कामहरु कर्मचारीले गर्दै आउनुभयो । कतिपय कामहरु राम्रा पनि छन् । कतिपय कामहरु विवादित पनि रहे । तथापी उहाँहरुले गरेका कामलाई राम्रै भन्नु पर्छ । तर अब हामी जस्ता जनप्रतिनिधी आईसकेपछि जनप्रतिनिधीले जनतालाई यसको प्रत्याभुती दिलाउन पनि सक्नु पर्छ । सेवाग्राहीका भावना, उहाँहरुको भनाईलाई कदर गर्नु पर्छ । नियम कानुनको बारेमा पनि जानकारी गराउनु पर्छ ।

प्रकाशित मिति : १९ असार २०७५ मंगलबार ००:००  ३ : ०० बजे