२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

कृष्णनगरका नेता विकास माग गर्न काठमाण्डौं



इमरान खाँन, कपिलवस्तु ।
कपिलवस्तुका नेताहरुले कृष्णनगर नगरपालिका र कपिलवस्तुको विकासको माग गर्दै शहरी मन्त्री गुहार्न काठमाडौं पुगेका छन् ।
कृष्णनगर नगरपालिकाका इन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष एवं. संघीय समाजवादी फोरम नेपालका युवा नेता अकरम अब्दुल रहेमान खान उर्फ अकरम पठानले शहरी विकासमन्त्री मोहम्मद ईस्ताक राईलाई भेटी जिल्लाको विकासबारे अवगत गराएका छन् ।
पठानले कपिलवस्तुको विकास कछुवाको चाल जस्तो रहेकाले जिल्लाको विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । राई यसअघि श्रम मन्त्री बनेका थिए । मन्त्री राईले श्रम मन्त्री हुँदा निक्कै महत्वपूर्ण काम गरेका थिए ।
मन्त्री राईले कपिलवस्तुको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको नेता पठानले जानकारी दिए । मन्त्री राईले कपिलवस्तुको विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएको बताए ।

प्रकाशित मिति : २८ असार २०७५ बिहिबार ००:००  १ : ५५ बजे