१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

वडाको मुहार फेरेर जनताको मन जित्छु : वडा अध्यक्ष गैरे



मायादेवी अनलाइन ।
प्रकाश गैरे नेपालको दोस्रो नगरपालिका कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हुनुहुन्छ । लामो समय शैक्षिक रुपान्तरणमा लाग्नुभएका गैरे वडा अध्यक्ष संगै राजनीतिमा उदाउनुभएको हो । नेपाली कांग्रेसबाट निर्वाचित गैरे वडामा जनताको मन जितेर काम गर्ने योजनामा हुनुहुन्छ । प्रर्खर बक्ताका रुपमा परिचित वडा अध्यक्ष गैरे संग आर्थिक खबरका लागि गरिएको कुराकानी ।
 वडाको विकास निर्माण कसरी गर्नुभएको छ ?

बिकास निर्माणका काम वडा समिति र जनताका माझबाट आएका योजनाहरु मार्फत गरिरहेका छौ । जस्तै पूर्बाधार बिकास, सामाजिक बिकासका कामहरु उपभोक्ता समिति मार्फत धैरै गरेका छौ । केही पूर्बधारका कार्यक्रमहरु टेन्डर मार्फत गराएका छौँ । सामाजिक बिकासका कार्यक्रम पनि छन । ति कामहरु एनजिओ मार्फत पनि गराएका छौँ ।
 एक बर्ष भित्र गरेका विकासका कामहरु भन्नु न ?

अब मैले अघि नै भनिसके पूर्बाधार बिकासका कार्यक्रमहरु बढी ग¥यौं । उपभोक्ता समिति मार्फत पिसिसि ढलान, ईट्टा सोलिङ, माटो ग्राभेल पटान मार्फत विकास गरेका छौँ । कतिपय बाटाहरु टेन्डर मार्फत पनि गरेका छौँ । बिकास निर्माणको हिसाबले एकदमै पछाडि परेको कपिलवस्तु नगरपालिका वडा ३ बिशमपुर गाउँमा ५० लाखको पिसीसी ढलान ग¥यौं । यो वडा २५÷२६ गाउँ भएको वडा हो । सबैभन्दा पिछडिएको र उपेक्षित वडा भएकाले हामीले १ करोड ५० लाखको त काम ग¥यौं । त्यसपछि मैले थप बजेटको लागि प्रयास गरे जसमा रामघाट जस्तो तिर्थस्थलको बिकासको लागि घाट ब्यवस्थापन र सेट भनेर ३० लाखको टेन्डर मार्फत काम थालनी गरेर अन्तिम अन्तिम चरणमा पु¥याएका छौँ । अर्को मन्दिरको एउटा कोठा बनाउन २० लाख बजेट बिनियोजन ग¥यौ त्यो टेन्डर मार्फत काम भैरहेको छ । अर्को रामघाटमा मलामी कुर्ने प्रतिक्षालय निर्माण गरेका छौँ । स्वामीमाई बचत तथा ऋण सहकारी संस्थाले केही रकम लगानी गरेको छ भने कपिलवस्तु नगरपालिकाले त्यसमा ६ लाख लगानी गरि त्यो काम पनि अन्तिम चरणमा छ । यसै प्रकारले हामीले थुप्रै धार्मिक स्थल, पुरातात्विक स्थलहरुको बिकास गर्ने प्रयास गरेका थियौँ, सफल भयौं । अहिले भर्खरै मात्र हामीले तिलौराकोटको अगाडि शौचालय निर्माण गरिरहेका छौ । लगभग ८ लाखको बजेट बिनियोजन गरेर उपभोक्ता मार्फत काम गरिरहेका छौ ।
 विकासलाई भौतिक संरचना संग जोड्नुभएको छ कि अरु क्षेत्रलाई पनि ?
हामीहरु गत साउनको २१÷२२ गते तिर निर्वाचित भयौँ । त्यसपछि हामीले हतार हतारमा बजेट बिनियोजन गर्ने, योजनाहरु बनाउने काम ग¥यौँ । एकदम चाडँै बजेट बनाउँदा भौतिक पूर्बाधारलाई जोड्ने काम ग¥यौँ । यो हतारको कारण भएको हो । यसो पनि किन ग¥यौ भन्दा चुनावी प्रचार प्रसार अभियानमा दौड्दै गर्दा धेरै बाटाघाटा जिर्ण अवस्थामा थिए । बर्खाको बेला मतदाताको घरदैलोमा पुग्न पनि निकै समस्या भयो । त्यसले गर्दा भौतिक पूर्बाधारका कार्यक्रमहरुमा धेरै बजेट बिनियोजन गरेका हौँ । तरपनि थोरै बजेट सामाजिक बिकासलाई पनि छुट्याएका थियौँ । भौतिक पूर्बाधारले मात्र विकास हुने होइन त्यो साँचो हो । जबसम्म हामीसंग चेतना हँुदैन हामी सामाजिक बिकासका कार्यक्रम गरेर अगाडि बढ्न सक्दैनौ तबसम्म विकास निर्माणमा सधै पछाडि पर्छौँ । यो बर्ष त्यसो हुँदैन ।
 सरदमुकाम तौलिहवा संग जोडिएको वडा भए पनि विकास त्यति भएको छैन त ?
लामो श्वास लिदै …त्यो त निश्चित रुपले छैन । हामी पनि त्यसमा चिन्तित छौ । यसमा बिगत २० बर्षसम्म स्थानीयतहहरु जनप्रतिनिधि बिहिन थिए । यहाँबाट जित्ने नेताहरुले पनि बिचार गर्नु पर्ने हो । किनभने यो ऐतिहासिक नगरपालिका हो । पुरातात्विक स्थलहरुले यो नगर सबैभन्दा धनि छ । पर्यटकीय, धार्मिक बिकासको सम्भावना भएको यो नगरपालिका हो । तर, यसको विकास हुन सकेको छैन । मैले अब भन्नैपर्छ त्यो वडालाई हामी आईसके पछि यसको बिकासका लागि एकदमै जति सक्दो प्रयास गर्छौे ।
 आगामी आर्थिक बर्ष तपाईले कता कस्ता विकासका काम गर्ने योजना बनाउनुभएको छ ?
हाम्रो वडा पूर्बाधार बिकासले पछाडि परेको वडा हो । धेरै गाउँटोलले घेरिएको वडा हो । यस वडामा कृषकहरु धेरै भएको अवस्था छ । कृषकहरुलाई पनि हामी सकेको जोड्छौ । उहाँहरुको पनि बिकास हुनुप¥यो । अर्को कुरा सामाजिक बिकास तर्फ पनि जोड्छौ । जस्तै बालबिबाह बढी छ मेरो वडामा । त्यसको न्यूनिकरण तर्फ पनि जान्छौ । लैङ्गिक हिंसा जस्तै थुप्रै सामाजिक समस्या भएकाले समाधान गर्ने दिशामा हामी छौँ । यहाँ खासगरी शिक्षा, स्वास्थ्य सबैको समस्या भएकोले हाम्रो एउटा योजना बनाउँदैछौँ । वडाको डेरवामा हाम्रो नगर स्वास्थ्य चौकी छ । त्यसमा एउटा फिजिशियन डाक्टरलाई महिनामा ल्याउने योजनामा छौँ । यी सबै कुराहरु गर्नका लागि वडामा बजेट निकै कम छ । तरपनि मैले बजेट बढाउनुपर्छ भनिरहेको छु । किनभने मेरो वडा पिछडिएको र धेरै उपेक्षित शहरी क्षेत्रमा जोडिएकोले पनि त्यो माग गरेको हुँ । अब हाम्रो अग्रज नेताहरु यहाँबाट जितेर सांसद माननियहरुले त्यति ध्यान नदिएको अवस्था पनि छ । त्यसैले हामीले पनि उहाहरुसंग कोर्डिनेसन गरेर बिगतका दिनमा जे भए पनि अबका दिनमा माननीय बिधायक, मेयर साप, उपमेयर साप संग कोर्डिनेसन गरेर यो कपिलवस्तु नगरको बिकास कसरी अघि बढाउन सक्छौ । योजना बनाउँछौँ ।

 अन्तिममा तपाई वडा अध्यक्षबाट पाँच बर्ष पछि मेयर बन्ने योजना छ ?
अब यस्तो छ । पहिले त यो जुन जिम्मेवारी मलाई जनताले दिनुभएको छ त्यो जिम्मेवारीलाई मैले कुन किसिमले निभाउन सक्छु । अब काम वडामा एकदमै धेरै छ, जिम्मेवारी पनि धेरै छ । अब मैले कति पो जनतालाई प्रभावकारी रुपले काम गरेर देखाउन सक्छु । त्यसपछि मलाई पाटीले कतिको बिश्वास गर्छ । बिना टिकट, बिना पाटी त मेयर हुन्न सकिन्न । अब पाटीले मलाई जुन ठाउँमा राख्छ त्यो त मैले जिम्मेवारी लिन पर्छ ।
 अन्तिममा के भन्न चाहनुहुन्छ ?
सबैभन्दा पहिले त वडा नम्बर ३ मात्र होईन म सम्पूर्ण कपिलवस्तु नगरपालिकाबासीहरु प्रति आभार ब्यक्त गर्न चाहन्छु । अहिले हामीले जुन बिकास निर्माणका कामहरु ग¥यौ उहाँहरुले राम्रो सकारात्मक रुपमा साथ र सहयोग दिनुभएको छ । कही कतैबाट कुनै प्रकारको विवाद पनि आएको छैन । यस्तै आगामी दिनहरुमा पनि सकारात्मक सहयोग गरिदिनुहोस् । किनभने यो बुद्धको नगरी हो । यसमा हामी सबै मिलेरै बिकास गरौं । यसलाई एउटा पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र भएको कपिलवस्तु नगरपालिका हो । हामीबाट हुने काममा केही त्रुटि छन भने फिडब्याकको रुपमा हामीलाई जानकारी गराउनुहोस् यही भन्न चाहन्छु ।

प्रकाशित मिति : ३१ असार २०७५ आइतबार ००:००  ५ : ३२ बजे