३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रतिष्ठान कपिलवस्तुको आठौं साधारणसभा तिज बिशेष कार्यक्रम हुँदै



थानेश्वर अधिकारी, कपिलवस्तु ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको आठौं साधारण सभा तथा तिज बिशेष कार्यक्रम यही भाद्र ९ गते बैरियामा हुने भएको छ ।

अग्रजको सम्मान,नवप्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ बिगत ८ बर्ष देखी कपिलवस्तुमा स्थापना भएको सो संस्थामा हाल १००५ जना सदस्य रहेका छन् । सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा २३ सदस्यिय मुल आयोजक कमिटी गठन गरिएको प्रथम उपाध्यक्ष सुर्य चुदाँलीले जानकारी दिनु भएको छ ।

सो अवसरमा कपिलवस्तु जिल्लामा रहेर लोक संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने अग्रज तथा कलाकारहरुलाई सम्मान समेत गरिने भएको छ । सो कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा सर्जक रमेश बि.जी.,प्रदेश इन्चार्ज तथा लोक दोहोरी गायक लक्ष्मण खड्का, डिल्लिनारायण पाण्डेय, शिलु भट्राई, सपना गाहा, दिपक गरौजा, भरत क्षेत्री लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने प्रतिष्ठान अञ्चल कमिटी सह कोषाध्यक्ष पुर्णचन्द्र परियारले जानकारी दिनुभएको । बैठक प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षता, लुम्बिनी अञ्चल सह इञ्चार्ज पुर्णचन्द्र परियारको प्रमुख आथित्यता र सचिव सन्तोष बि.क.को संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७५ बुधबार ००:००  १ : ४५ बजे