१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गैरेले ल्याए वास्तविक नारीको तीज गीत … (भिडियो सहित)



दीपा महत, कपिलवस्तु ।
‘तीज आयोे भन्छन् सबै जान्छन् रमाउँछन माइतीको आँगनमा मेरा भने बुढाले माईत नजा भन्छन्’ यो गीत विशेष गरेर हाम्रो समाजमा भोग्दै आएका ती महिला दिदी बहिनीहरुहरुको वास्तविक कथामा आधारित छ । जो अझै पनि वर्षदिनको तीजमा माईत जानवाट वन्चित छन् । तिनै दिदी बहिनीहरुको वास्तविक कथालाई गीतको माध्यमवाट प्रस्तुत गरिएको छ । वर्ष दिनको तीजमा माईती घरमा गएर आमाबुबा दाजुभाई संगै दर खाई साथीसंगी जम्मा भएर रमाईलो गर्ने रहर कसलाई पो हुँदैन र ? तर, यहाँ भने आफ्नो श्रीमतीलाई श्रीमानले माईत जान दिएका छैनन् । यी र यस्ता घटना अझै पनि हाम्रो समाजमा देख्न सक्छौ ।

साङ्गितिक क्षेत्रमा लागेर भण्डै तीन वर्ष विताएका र साङ्गितिक क्षेत्रमा भविष्य खोज्दै पाल्पामा जन्मिएर रुपन्देहीको मुर्गीयामा स्थाई घर भए पनि हाल कपिलवस्तु ४ नं लाई कर्मथलो वनाउँदै आएका छन् गायक विमल गैरे ।

‘ए साईली’ भन्ने तीज गीतमा पहिलो आवाज दिएका गैरेले त्यस पछि शव्द लेख्न थाले ‘दुखी मेरो जिन्दगी’, ‘छनि माया छैन् भन्दिन्’, दसै आउँछ किन र पछिल्लो समयमा चर्चा बटुलेको गीत डाँडैको चौतारी जस्ता गीतमा शब्द भरेका गैरेले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर मौलिक यथार्थ तिज गीत बजारमा ल्याएका छन् । तिन ओटा गीतमा स्वर र चार ओटा गीतमा शव्द लेखेका गैरले यसपालि भने आफ्नै लय, शव्द र स्वरमा तिज गीत ‘तीज आयो भन्छन्’ वजारमा सार्वजनिक गरेका हुन् ।
विमल गैरेको लय शव्द तथा राधा वि.सी. र विमल गैरेकै आवाजमा रहेको मौलिक तीज गीत ‘तिज आयो भन्छन्’मा विष्णु कुवँर र सिर्जु अधिकारीको अभिनय रहेको छ ।

लोक सांगेतिक क्षेत्रमा सानै देखी रुची राख्ने गैरे एक कुशल संचारकर्मी पनि हुन् । पछिल्लो समय तीजका गीतहरुमा मौलिकता हराउँदै गएकोमा उनको चिन्ता छ । तीज विशेष गरी नारीको पर्व भएको हुनाले तीजका गीतहरु पनि नारी संग सम्बन्धित हुनपर्ने गैरेले बताए । “केही वर्ष यता तीजका गीत र लोकगीतमा कुनै भिन्नता छैन्, दर्शक तथा श्रोतालाई छुट्याउनै गाह्रो भएको छ, यतिमात्र होईन केही संचार माध्यमले जेठ असार मै तीजका गीत बजाउँदा तीजको महत्व नै हराउने होकी भन्नेमा शंका छ, उनले भने ।”

नेपाली कला, संस्कृती, जगेर्नाको लागि क्रियाशिल संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समाजमा विकृती भित्राउने खालका गीत संगितलाई निरुत्साहित संगै ती कलाकारलाई कारवाही र लोक संगीतमा मौलिकता यथार्थता र वास्तविकता बोकेका गीतलाई प्रोत्साहन र ती कलाकारलाई सम्मान गर्नुपर्ने उनको भनाई छ ।
भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ६ : २३ बजे