६ असार २०८३, शनिबार | Sat Jun 20 2026

मन कुमारको ‘कुल्फीवाला’ भिडियो सहीत



काठमाडौँ ।

अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका ‘कुल्फीवाला’ मन कुमार राईको पहिलो म्युजिक भिडियो सार्वजानिक भएको छ । प्रतिष्ठित हास्यकलाकार विल्सन विक्रम राई तक्मे बुढाको कम्पोजमा र ’कुल्फीवाला’ मनकुमार राईको लेखनमा तयार भएको आयो कुल्फी गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजानिक गरिएको छ ।

उनले कुल्फी बेच्ने अचम्मको तरिका अपनाएका छन् । उनी नाच्दै गाउदै कुल्फी बेच्छन्। उनको यही फरक तरिकाले उनी सामाजिक सञ्जालमा अहिले भाइरल भएका छन्। विगत एक वर्षदेखि कुल्फी बेच्दै आएका मन कुमार राई यो भन्दा अगाडि बदाम बेचेर आफ्नो गुजारा चलाउँथे ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस ।

प्रकाशित मिति : ५ भदौ २०७५ मंगलबार ००:००  ९ : ५२ बजे