१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा प्रदेश स्तरिय महोत्सवको तयारी, नेतृत्व वाणिज्य संघले गर्ने



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको सचिवालय बैठक संघको कार्यालय चारनम्बरमा शनिबार सम्पन्न भएको छ । संघले आगामी मंसिर १८ देखि पौष १ गते सम्म संचालित हुने १० औं कपिलवस्तु महोत्सवलाई प्रदेश स्तरीय बनाउनेगरी विभिन्न योजना अघि सारेको अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
सचिवालयको सम्पन्न वैठकले १० औं कपिलवस्तु महोत्सवको विविधता र आकर्षण बनाउन स्टल व्यवस्थापनलाई प्राथमिकता दिएको बताइएको छ । महोत्सवको स्टल व्यवस्थापन संयोजकमा संघका वाणिज्य उपाध्यक्ष हुमनाथ पौडेललाई जिम्मेवारी दिइएको छ । संघको सचिवालय सदस्यमा बरिष्ठ सदस्य देवीप्रसाद पाण्डे, एशोसियट उपाध्यक्ष टोपनारायण भण्डारी, बस्तुगत उपाध्यक्ष नारायण खनाल, कार्यसमिति सदस्यहरु विनोद कुमार पन्त, विरेन्द्र खाँण र शान्ति क्षेत्रीलाई मनोनित गर्ने निर्णय गरिएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
संघमा नयाँ थप भएका ६ सदस्य सहित १७ सदस्यीय सचिवालय समिति गठन भएको छ । त्यस्तै वैठकले संघमा दर्ता तथा आवद्धताका लागि बस्तुगत सदस्यतर्फ २५ हजार तथा एशोसियट्स सदस्य तर्फ २० हजार सदस्यता शुल्क लिने निर्णय गरेको संघका कोषाध्यक्ष मोहन न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ भाद्र २०७५ शनिबार ००:००  ५ : २२ बजे