१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कर्फ्यु हटेपछि महेन्द्रनगरमा चहलपहल बढ्दै



कञ्चनपुर ।
कञ्चनपुरको महेन्द्रनगर सामान्य बन्दै गएको छ । पाँच दिनदेखि जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहानदेखि हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो ।
प्रशासन कार्यालयले गएको शुक्रबारदेखि पटक पटक गरी लगाएको कर्फ्यु आदेश मंगलबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि हटाएको महेन्द्रनगरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
कफ्र्यू हटेसँगै महेन्द्रनगर बजारमा चहलपहल बढ्दै गएको छ । कर्फ्युका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था आजदेखि खुलेका छन् । पसल खुलेका छन् भने गाडी पनि चल्न थालेका छन् ।
१३ बर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यु आदेश जारी गर्दै आएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  ३ : ४३ बजे