६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

रोहिंज्या काण्ड : म्यानमारका सेनाले नरसंहार गरेको राष्ट्र संघको ठहर



एजेन्सी ।
संयुक्त राष्ट्र संघले म्यानमारका सेनाले नरसंहार गरेको जनाएको छ । रखाइन प्रान्तमा र अरु बाँकी क्षेत्रमा भएको नसंहार र मानवता विरुद्धको अपराधको छानबिन हुनु पर्ने राष्ट्र संघले जनाएको छ । राष्ट्र संघको प्रतिवेदनले म्यानमारमा रोहिंग्या मुसलमानमाथि भएको हिंसाको कडा भत्सर्ना गरेको छ ।
सयौँ जनासँग लिइएको अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा संयुक्त राष्ट्रसङ्घले रोहिंज्या मुसलमान विरुद्ध भएको हिंसालाई कडा रूपमा निन्दा समेत गरेको छ ।
प्रतिवेदनले म्यानमारका सेनाले लगातार भेद्भावको रणनीति लिएको पनि जनाएको छ । यस्तै, प्रतिवेदनमा म्यानमार सेनाका उच्च ६ अधिकारीलाई मुद्दा चलाउनु पर्ने उल्लेख गरिएको छ । म्यानमारमा सेनाको दमनमा परी ७ लाख रोहिंग्या मुसलमान विस्थापित भएका छन् ।
म्यानमारमा भएको यस घटना अनुसन्धान गर्न राष्ट्रसङ्घको टोलीलाई म्यानमार प्रवेश गर्ने अनुमति दिइएको थिएन । राष्ट्रसंघको टोलीले भूउपग्रहबाट खिचिएका तस्बिर तथा भिडिओका आधारमा प्रत्यक्षदर्शीहरुलाई भेटेर यो प्रतिवेदन तयार पारेको हो ।
म्यानमारका नेताहरूले नरसंहार गरेको भन्ने आरोपको यो पहिलो प्रतिवेदन भएको बीबीसीका संवाददाता जनाथन हेडले बताएका छन् ।
रोहिंज्या मुसलमान र अल्पसङ्ख्यक समुदाय माथि मानवता विरोधी अपराध गरेको आरोप म्यानमारका सैन्य अधिकारीलाई लागेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५ मंगलबार ००:००  ३ : ५० बजे