१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

त्रिशूलीमा खस्यो ट्रक, एकजनाको मृत्यु, एक बेपत्ता



धादिङ ।
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । बा ४ ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलामा त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा २२ वर्षीय केशर पुलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका ६ का २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएकोले उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ । नदीमा परेर हराइरहेका भुजेलको खोजी भैरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७५ बुधबार ००:००  २ : ०६ बजे