४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसमविद् भन्छन्, पश्चिमी तराई र चुरे क्षेत्रमा ठूलो पानी पर्न सक्छ ?



काठमाडौं ।

शुक्रबार पश्चिमी तराई र चुरे क्षेत्रमा ठूलो पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन न्यूनचापीय रेखा पश्चिम नजिकै रहेकाले पश्चिमी तराई र चुरेमा ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार देशभरी कै मौसम खुल्ने संभावना कम छ ।

खुलिहाले पनि एकैछिनमा बदली भई धेरै ठाउँमा पानी पर्नेछ । दिउँसो  पश्चिमको केही ठाउँमा ठूलो पानी परे पनि राति मध्य क्षेत्रमासमेत ठूलो पानी पर्ने उहाँको अनुमान छ । पूर्वमा भने सामान्य वर्षाको संभावना रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १५ भाद्र २०७५ शुक्रबार ००:००  २ : ५४ बजे