१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रनर मोटरसाईकलले बजार तताउँदै, अब बुटवलमा



बुटबल ।
रनर मोटरसाईकलको शो–रुम बुटवलमा सुभारम्भ गरिएको छ । बंगलादेशमा ६० प्रतिशत भन्दा बढि बजार मार्र्केट रहेको दावि गरिएको मोटरसाईकलको बुटवलमा रोयल मोटोकर्प प्रालिले बुटवल–१० कालिकानगरमा शो–रुम सुभाम्भ गरेको हो । शोरुपमको प्रदेश ५ का सभासद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले शुभारम्भ गरे । उनले बुटवल अटो बजारमा फड्को मार्दै गएको भन्दै यसरी थपिएका मोटर्स कम्पपनीले थप अटो बजारको पहिचान उचाईमा पु¥याउने बताए ।

कार्यक्रममा उक्त मोटरसाईकलको लागि नेपालको आधिकारीक विक्रेता रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले मोटरसाईकलको विशेषताको बारेमा जानकारी गराएका थिए । उनले हाल ८० सिसी देखि २ सय ५० सिसी सम्मको रनर कम्पनीको मोटरसाईकल नेपाली बजारमा आएको जानकारी दिए ।

नेपालका विभिन्न २२ वटा सहरमा शोरुपमा स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ मोटरर्साइकल भएपनि स्पेयर्स पाट्स, सर्भिसमा कुनै पनि कमी नभएको बताए । मोटरसाईकलको ईतिहासमा पहिलो पटक ६ बर्षको वारेन्टी सहितको मोटरसाईकल बजारमा आएकाले सेवाग्राहीहरुको रोजाईमा पर्न सक्ने उनको भनाइ रहेको छ । कार्यक्रममा रोयल मोर्टस बुटवलका सञ्चालक उमानसिंह सारुले बोल्दै नयाँ भएपनि बुटवलको बजारमा पहिचान बनाएर छोड्न जनाएका थिए ।

बुटवल–१० का वडाअध्यक्ष पदम बहादुर थापा, पत्रकार मिलन गाहा लगायतले सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७५ शनिबार ००:००  १ : १७ बजे