४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रेडियो मायादेवी आजबाट नियमित प्रशारणमा



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं ४ जितपुर स्थित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज मंगलबार नियमित प्रशारणमा आएको छ । विं.स.ं २०७१ सालमा स्थापना भएर बीचमा केही बर्ष प्रसारण रोकिएको रेडियो मायादेवी आजबाट नियमित रुपमा प्रशारणमा आएको हो । यही भाद्र ६ गतेबाट रेडियोले आफ्नो प्रशारण शुरु गरेपनि आजदेखि नयाँ कार्यक्रम र समाचारको साथमा स्रोता माझ आएको हो ।
नवछहारी समाजिक विकास संस्थाद्धारा सञ्चालित यस रेडियोलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको रेडियोका कार्यकारी निर्देशक थानेश्वर अधिकारीले बताउनुभयो । रेडियो सञ्चालनमा जिल्लामा लामो समयदेखि रेडियोकर्मी र पत्रकारको रुपमा ख्याती कमाएका सञ्चारकर्मीहरुको सहकार्य रहेकोले स्रोताले सुन्ने लायक रेडियो बनाउने गरि लागिएको रेडियोका कार्यकारी निर्देशक अधिकारीले बताउनुभयो ।
नितान्त नयाँ व्यवस्थापनका साथ स्रोता माझ आएको रेडियोले समाचार र कार्यक्रमलाई प्रमुख प्राथमिकताका साथ प्रशारण गर्नेछ । दैनिक १८ घण्टा सञ्चालन हुने रेडियोमा रेडियोकै आफ्ना उत्पादित ८ ओटा खबर संगै सामुदायिक सुचना नेटवर्क सिआइएन, विविसी र थाहा सञ्चार नेटवर्कबाट उपादित खबरहरु प्रशारण हुने रेडियाका स्टेशन मेनेजर चन्द्रकान्त न्यौपानेले जानकारी दिनुभयो ।
रेडियोमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र काठमाण्डौ सम्मका मिडियामा काम गरेका सञ्चारकर्मी संगै सामाजिक व्यक्तिहरुको संलग्नता रहेको छ । मायादेवी गाउँपालिकाका सरसफाई कार्यक्रम संयोजक तथा दर्जन बढी सामाजिक संघ संस्थामा आवद्ध रहनुभएका थानेश्वर अधिकारी रेडियोको कार्यकारी निर्देशकको रुपमा रहनुभएको छ ।
यस्तै रेडियो बुद्धआवाजका निवर्तमान स्टेशन मेनेजर तथा काठमाण्डौको न्यूज ट्वान्टी फोर टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कमा काम गरिसक्नुभएका चन्द्रकान्त न्यौपाने यस रेडियोको स्टेशन मेनेजरको रुपमा रहनुभएको छ ।
यसैगरि रेडियो भ्वाइसका पूर्व समाचार प्रमुख, बुद्धआवाजका निवर्तमान समाचार प्रमुख, एपिवान टेलिभिजन, अन्नपूर्ण पोष्ट्का जिल्ला समाचारदाता तथा प्रदेश नं. ५ कै एक मात्र आर्थिक पत्रिका आर्थिक खबरका प्रकाशक दिपक अनुरागी आचार्य समाचार प्रमुखको रुपमा रहनुभएकोछ ।
यसैगरि रेडियो परासीकी पूर्व कार्यक्रम संयोजक तथा रेडियो बुद्धआवाजकी निवर्तमान कार्यक्रम प्रस्तोता उजेली विश्वकर्मा कार्यक्रम प्रमुखको रुपमा रहनुभएको छ भने रेडियो हर्टविटका प्राविधिक प्रमुख मनोज थापा प्राविधिक प्रमुखको रुपमा रहनुभएको छ ।
यसैगरि बुद्धआवाज रेडियोका निवर्तमान प्राविधिक प्रमुख उदय पोख्रेल, बुद्धआवाज टेलिभिजनका निवर्तमान वरिष्ठ प्राविधिक विमल गैरे र रेडियो बुद्धआवाजकी निवर्तमान पूर्व समाचार वाचिक दीपा महत हामी संगै रहनुभएको छ भने रेडियोकै क्षेत्रमा लामो समय काम गरि चर्चाको शिखरमा पुग्नुभएका दिपेन्द्र कार्की लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको रेडियो प्रशासनले जनाएको छ ।
सामाजिक रुपान्तरणका लागि हाम्रो प्रयास भन्ने मूल मन्त्र लिएर स्थापना भएको यस रेडियोलाई एफ व्यान्डको १०६ थोप्लो १ मेगाहर्जमा कपिलवस्तु संगै रुपन्देही, नवलपरासी, पाल्पा, गूल्मी, अर्घाखाँची, दाङ, प्युठान लगायतका विभिन्न ९ जिल्ला संगै भारतका सिमावर्ती क्षेत्रमा स्पष्ट सुन्न सकिनेछ । यसैगरि रेडियोलाई www.mayadevionline.com संगै हाम्रो पात्रो एप्स पनि विश्वभर सजिलै सुन्ने व्यवस्था मिलाउन लागेको रेडियोले जनाएको छ ।
रेडियो मायादेवीले विहान ५.४०, दिउँसो ४ बजे र साँझ साढे ६ बजे आधा÷आधा घण्टाको मूल खबर प्रशारण गर्ने छ भने विहान ८, विहान १०, दिउँसो ४ र राती १० बजे दश÷दश मिनेटको संक्षिप्त खबर प्रशारण गर्ने रेडियोको समाचार शाखाले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७५ बुधबार ००:००  ३ : ३६ बजे