४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पत्रकारका लागि न्याय र सुरक्षा सम्बन्धी तालिम संचालन



मायादेवी अनलाइन, जयनगर ।
कपिलवस्तुमा कृयाशिल पत्रकारका लागि न्याय र सुरक्षा रिपोटिङ्ग सम्बन्धी पत्रकारिता तालिम गोरुसिंगेमा बुधबारदेखि शुरु भएको छ । नेपाल पत्रकार महासंघ कपिलस्तुको आयोजना तथा सर्च फर कमन ग्राउण्डको साझेदारीमा संचालित न्याय र सुरक्षा रिपोटिग तालिममा २५ जनाको सहभागीता रहेको छ ।
सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि गर्न मिडियाको भूमिका कसरी बढाउने भन्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो । उक्त तालिम नेपाल पत्रकार महासंघ कपिलवस्तुले २ चरणमा गोरुसिंगे र तौलिहवा संचालन गर्ने जनाएको छ ।
तालिम उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, केन्द्रिय सदस्य बसन्त गिरी तथा सचिव हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो । तालिमलाई सर्च फर कमन ग्राउण्डका मिडिया मेनेजर प्रकाश, पत्रकार बसन्त गिरी, जानु पाण्डेले सहजीकरण गर्नुहुनेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  २ : ०५ बजे