९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

हुलाकी मार्गको विषयले संसदमा प्रवेश पायो



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा कपिलवस्तुका सांसद बृजेश कुमार गुप्ताले कपिलवस्तु जिल्लाको तौलिहवा देखि बहादुरगञ्ज सम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न माग गर्नुभएको छ । हुलाकी सडक जीर्ण बन्दा आवगमनमा समस्या भएको भन्दै उहाले तत्काल सम्पन्न गर्न माग गर्नुभएको हो ।
बर्खा लागे पछि सडक हिलाम्मे हुदाँ सास्ति भएको खबर रेडियो मायादेवीबाट मंगलबार विहान मात्र प्रशारण भएको थियो । रेडियो मायादेवीबाट खबर प्रशारित भएको दुई दिन पछि सांसद गुप्ताले संसदमा कुरा उठाउनुभएको हो ।
यसैगरि संसद बैठकमा सांसद गुप्ताले तौलिहवा अस्पताललाई ५० श्यैया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभएको छ । कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित सांसद गुप्ता पूर्व मन्त्री पनि हुनुभएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  ३ : २० बजे