४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एक वर्षमा ५० करोड महसुल संकलन, चुवाहट नियन्त्रण अभियान प्रभावकारी



माधव बेल्वासे, कृष्णनगर ।

नेपाल विद्युत प्रविधिकरण वितरण केन्द्र कृष्णनगरमा गत आ व २०७४।७५ मा ४९ करोड ७२ लाख ८० हजार विद्युत महशुल रकम संकलन भएको छ । ग्राहस्थ, व्यापारिक, गैरव्यापारिक, औद्योगीक, सडकवत्ती, सिंचाई खानेपानी लगायतवाट सो रकम संकलन भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले वताए । ५ करोड २६ लाख ९३ हजार युनिट विद्युत वितरणवाट सो रकम संकलन भएको प्रमुख अगञ्जाको भनाई रहेको छ । आगामी आर्थिक वर्षमा करिव ७० करोड विद्युत महशुल संकलन गर्ने लक्ष्य वितरण केन्द्रले लिएको छ ।
उद्योगिक क्षेत्र र ग्राहकहरुको सख्या वढदो रहेकोले लक्ष्य पुरा हुने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले २०७५ साउन १ गते वाट सुरु गरेका विद्युत चुवाहट नियन्त्रण अभियान लाई प्रभावकारी वनाउदै गएको छ । यस अभियानका क्रममा २४ जनालाई चोरीको कारवाहि गरि १ लाख २१ हजार ८ सय ६३ रकम संकलन भएको वताइएको छ ।

त्यस्तै कालोपाटीवाट असुली ८ जना वाट २ लाख ३९ हजार ५ सय ५८ रकम संकलन भएको छ । अभियानको क्रममा ३ सय ३८ जनाको विद्युत लाइन काटिएको वितरण केन्द्रका प्रमुख अगञ्जाको भनाई छ । काटिएको लाईन वाट २ सय २९ वाट ५५ लाख २३ हजार ५ सय ५० रकम संकलन भएको छ । करिव ५० दिनको अवधिमा चुहावट नियन्त्रण अभियान वाट मात्र ५८ लाख ८४ हजार रकम संकलन गर्न सफल भएको वितरण केन्द्रले वताएको छ ।

वितरण केन्द्रका ३३ हजार ४ सय ११ ग्राहकहरु रहेका छन ।वितरण केन्द्रले चुवाहटी नियन्त्रणका लागी अभियान संचालन गरी कारवाहि गरी व्यक्यौता रकम संकलन गरिएको वताएको छ । मुख्य सरकारी कार्यलयहरुकै रकम व्यक्यौता रहेको केन्द्रले जनाएको छ । वितरण केन्द्रमा सडक वत्ति वाट मात्रै ३० लाख रकम वाकि रहेको वितरण केन्द्रका प्रमुख अगञ्जाले वताए ।०७३।७४ पछी स्थानिय तहले सडक वत्तिको महशुल वुजाउने भनेपनि तहले बेवास्था गरेको वताइएको छ ।

कतिपय सरकारी कार्यलयले महशुल नवुझाउदा विद्युत काट्ने गरेको समेत केन्द्रका प्रमुख अगञ्जाले वताए । पछिल्लो समयमा भने स्थानिय तह र सरकारी कार्यलयले भने विद्युत महशुल वुझाउन थालेको उनले भने । मधेशी समुदायमा विद्युत चोरीको संख्या वढी रहेको अगञ्जाले वताए । उनले भने “विद्युत काटेर मात्र ५५ लाख वढी रकम संकलन गर्नु सफलता हो पहिलेको तुलनामा अभियानले कारवाही गरी विद्युत चुवाहटलाई नियन्त्रण गरेको छ ।” चनचेतनाको अभाव र सरकारी कार्यलयको लापरवहीका कारण चोरी वढ्ने र विद्युत महशुल नवुझाउने गरेको जनाए ।

विद्युत कार्यलकै गाडी प्रत्येक दिन अनुगमनमा वाहिर निस्कने गरेको उनले वताए । यस विरतरण केन्द्रमा उद्योगहरु संचालन रहेको हुँदा मासिक २ करोड बरावर रकम उद्योग वाटै उठने गरेको उनले वताए । वार्षिक रुपमा १० प्रतिशतको दरले ग्राहकको सख्या वढदै गएको प्रमुख अगञ्जाको भनाई छ । शिवराज नगरपालिकाको वनकस र विजयनगर गाउपालिकाको जैवावैराठ गाउँमा अझै विद्युत पुग्न नसकेकोको करिव २ सय ५० घरपरिवार विद्युतवाट वन्चित रहेको उनले जनाए । स्थानीय निकाय र वन कार्यलय सग समन्वयन भइरहेको वताउदै दशै भित्र सवै स्थानमा विद्युत पुर्याउने प्रमुख अगञ्जाले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २२ भाद्र २०७५ शुक्रबार ००:००  १० : ०३ बजे