४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

फूलिका पूर्ण भर्ना वडा घोषित



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ३ फुलिकालाई एक कार्यक्रमका बीच (५ देखि १२ वर्ष) उमेर समुहका बालबालिका पुर्ण भर्ना वडा घोषणा गरिएको छ । एक कार्यक्रमका बीच वडालाई पुर्ण भर्ना वडा घोषणा गरिएको हो ।
उक्त अवसरमा भएको कार्यक्रममा बोेल्ने बक्ताहरुले फुलिकाले गरेको कामको सराहना गरेका थिए । कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका प्रमुख बजरङ्गी चौधरीले पुर्ण भर्ना वडा घोषण गर्न पाउदा आफु एकदमै खुशी भएको बताउनुभयो । यसको मुख्य श्रेय सिद्धार्थ सामाजिक विकास केन्द्रलाई जाने गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र आइ एम नेपालको साझेदारीमा संचालित “गुणस्तरिय शिक्षामा सिमान्तकृत समुदायको शसक्तिकरण परियोजना” मार्फत बिगत ३ वर्ष देखि यो वडामा कार्यक्रम सञ्चालित थियो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष सुर्यकुमारी शाही, प्याव्सन कपिलवस्तुका उपाध्यक्ष गणेश कहार, इ.एम. सि. क्यु.ई परियोजनाका कार्यक्रम संयोजक लक्ष्मी आचार्य, जनता नि.मा.वि फुलिकाका शिक्षक हर्षनारायण चौधरी लगायतले बोल्दै पुर्ण भर्ना हुनु ठुलो कुरा नभएको भन्दै अब बालबालिकालाई नियमित रुपमा विद्यालयमा टिकाई राख्न विशेष किसिमका योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १२ : ४० बजे