४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

छुटा छुटै दुर्घटनाबाट दुई जनाको मृत्यु



माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न ११ सैनहवामा मोटरसाइकलको ठक्करवाट ६ बर्षिय बालिकाको ज्यान गएको छ । मोतीपुर बस्ने गंगा प्रसाद यादवी छोरी सुमान्गी यादव विद्यालयवाट घर फर्किदै गर्दा माटरसाइकलले ठक्कर दिएको वताइएको छ । कृष्णनगर जादैँ गरेको लु ५ प ५३८६ नम्वरको मोटरसाईकको ठक्करवाट बालिका घाईते भएको इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरिक्षक नविन पौडेले वताए ।
घाईते बालिकाको उपचारको लागि बुटवल लैजादै गर्दा वाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाईल प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरी निरिक्षक पौडेलले वताए ।
त्यस्तै कपिलवस्तुको गोरुसिगें– तौहिलवा सडकखण्डमा ट्रकको ठक्करले एक जनाको ज्यान गएको छ । तौलीहवातर्फ जादै गरेको ना ५ ख १११ नं.को ट्रकले दिदा शुक्रबार विहान परिचय नखुलेको व्याक्तिको ज्यान गएको हो । करिब ३२ बर्ष जस्तो देखिने, गोरो, दाह्री जुङगा पालेको कपाल हल्का फुलेको निलो जिन्स पाइन्ट, पहेलो फुल बाउला भएको टिसर्ट, बाटा चप्पल लगाएको पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
ट्रक चालक कपिलबस्तु बणगंगा न.पा.५ मटरिया बस्ने बर्ष ३८ को दिनानाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन वाँकी रहेको र शवलाई जिल्ला अस्पाताल तौलिहवामा राखीएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १२ : ४४ बजे