२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

राष्ट्रिय प्रजातन्त्र पार्टीको विस्तारित बैठक सम्पन्न



नारद कोहार, तौलिहवा ।
महिला हिंसा विरुद्ध तथा सक्रिय सदस्यता वितरण अभियान राष्ट्रिय प्रजातन्त्र पर्टीको विस्तारित बैठक तौलिहवामा सम्पन्न भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका स्थित सिंचाई डिभिजनको सभाहलमा उक्त बैठक सम्पन्न भएको हो ।
बिस्तारित बैठकले देशमा पछिल्लो समयमा बढेको महिला हिंसा तथा बलात्कार जन्य जघन्य अपराधका घटना बिरुद्ध जिल्लाव्यापी कर्याक्रम गर्ने, पार्टीको सकृय सदस्यता बृद्धि गर्ने, गाउँपालिका, नगरपालिका स्तरमा पार्टी गठन तथा पुर्न गठन अभियान संचालन गर्ने निर्णय गरेका जिल्ला अध्यक्ष नारायाण सिंहले बताए ।
बिस्तारित बैठकले ८२ प्रतिशत हिन्दु रहेको देशमा पश्चिमा देशहरुको लह लहैमा लागेर केही नेताहरुले देशलाई धर्म निरपेक्ष बनाएको भन्दै देशलाई राजसंस्था सहितको हिन्दु राष्ट्रको स्थापनाको लागि पार्टीले बिषेश अभियान थाल्ने निर्णय लिएको नेता भिष्म बन्जाडेले बताए ।
बिस्तारित भेलामा बिजय लक्ष्मी सिंह, चमेली सिह के.सी, कुञ्ज बिहारी प्रसाद उपाध्याय, राम देव कान्दु लगायतका नेताहरुले भेलामा आफ्नो मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २३ भदौ २०७५ शनिबार ००:००  १ : १० बजे