८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

संघीयता खारेजीको माग कपिलवस्तुमा



माधव भाट क्षेत्री, जितपुर ।
राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का प्रदेश सदस्य हिमलाल वाग्लेले संघीयता खारेज नभए मुलुक खारेज हुने बताउनुभएको छ । संघीयता र करको बिरोधमा राष्ट्रिय जनमोर्चा कपिलवस्तुले शुक्रबार वाणगंगा ४ जितपुरमा गरेको सभालाई सम्बोधन गर्दै वाग्लेले एउटा सिंहदरबार पाल्न नसकेका नेपाली जनताले अब सात वटा सिंहदरबार पाल्न नसक्ने बताउँदै आर्थिक रुपमा यसले मुलुकलाई अप्ठ्यारोमा पार्ने बताउनुभयो ।

सभामा राष्ट्रिय जनमोर्चा बाणगङ्ग नगर अध्यक्ष डवल सिंह जि.सि.अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मिना पोख्रेल ट्रेड युनियन अन्टुकका केन्द्रिय सदस्य केयर सिंह, जिल्ला प्रवक्ता छबिलाल गैरे लगायतले बोल्नु भएको थियो ।

पार्टी जिल्ला अध्यक्ष दधीराम आचार्यको अध्यक्षता, जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेको स्वागत र प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य माधव भाट क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सभापूर्व राष्ट्रिय जनमोर्चाले कपिलवस्तकाु विभिन्न ठाउँबाट जितपुर ४ नम्बरमा बिरोध जुलुस समेत प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १ : ३३ बजे