४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नगर प्रमुख सिंहलाई मातृ शोक



कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहलाई मातृ शोक परेको छ । किरण सिंहकी आमा गुन्जेश्वरी सिंहको ८१ बर्षको उमेरमा शुक्रबार दिउँसो ३ बजेको समयमा कपिलवस्तु नगरपालिका ३ स्थित घरमै निधन भएको हो ।
लामो समय देखी पक्षघात रोगवाट ग्रसित गुन्जेश्वरी सिंहको सोही कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उत्त निधन प्रति दुःख जनाउदै विभिन्न कार्यालय पार्टी तथा संघ संस्थाहरुले शोक विज्ञप्ती जारी गरेका छन् ।
निधन प्रति दुःख जनाउदै नेपाली कांगें्रस कपिलवस्तुले शोक विज्ञप्ती जारी गरेको छ । पार्टी सभापति सुरेन्द्रराज आर्चायद्धारा जारी शोक विज्ञप्तीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तब्ध परिवारजन प्रति धैर्य धारण गर्ने शत्ति प्रदान होस भन्ने उल्लेख गरिएको छ ।
यसै बीच नेपाली कागे्रंस क्षेत्र नं ३ मा सभापति एवं यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले समेत शोक विज्ञप्ती जारी गरेका छन् । गुन्जेश्वरी सिंहलाई साझ ७ बजे वाणगंगा नदिको रामघाटमा अन्तेष्टी गरिने पारिवारीक स्रातले जनाएको छ । उता कपिलवस्तु नगरपालिकाले समेत मेयर सिंहको आमाको निधन प्रति शोक बिज्ञप्ती जारी गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  १ : ४२ बजे