२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जेसिजको प्रभावकारी भाषण कला तालिम


२३ भदौ २०७५ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु जेसिजको आयोजनामा एकदिने प्रभावकारी भाषण कला तथा जीवन उपयोगी तालिम जेसिजको सभाहल बैरियामा सम्पन्न भएको छ । कपिलवस्तुले जेसिजले युवाहरुको भाषण गर्ने क्षमतालाई अभिवृद्धि गर्न तालिमको आयोजना गरेको तालिम संयोजक अमृत घिमिरेले बताउनुभयो । तालिममा चन्द्रौटा जेसिज र कपिलवस्तु जेसिजका गरी ६० जना युवाको सहभागीता रहेको थियो । तालिमका अवसरमा साँसद अत्तहर कमाल मुसलमान, वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, नेपाल जेसिज एरिया डिका तालिम आयुक्त मुक्ति गैरे, कपिलवस्तु जेसिजका पूर्व अध्यक्षहरु उमानाथ पौडेल, पोष्टराज गौतम, गोपालमणी ज्ञवाली, रमेशचन्द्र भुसाल लगाएतले जेसिजले युवाहरुलको नेतृत्व र व्यक्तित्व विकास गर्ने भएकाले युवाहरुलाई जेसिसमा राम्रो अवसर प्राप्त हुने बताएका थिए । तालिम कपिलवस्तु जेसिजका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, सचिव बाबुराम अर्यालको संचालन तथा तालिम संयोजक अमृत घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७५ शनिबार ००:००  २ : २४ बजे