४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

क्यान महासंघ कपिलवस्तुमा घिमिरे


२३ भाद्र २०७५ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, गोरुसिंगे ।
कम्प्यूटर एसोशिएसन नेपाल (क्यान) को एघारौ बार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशनबाट ३ वर्षका लागि माधव घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कम्प्यूटर शिक्षा, संचार प्रविधि, सुरक्षा उपकरण व्यवसायमा आबद्धहरुको साझा संगठन क्यानको उपाध्यक्षमा सन्दीप कुमार श्रीवास्तव, सचिवमा अर्जुन थापा, सह–सचिवमा राम सुभागे थारु र कोषाध्यक्षमा सुरेन्द्र भट्टराईलाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा नारायण पौडेल, दिपक पौडेल र प्रकाश चौधरी रहेका छन् ।
क्यानका बरिष्ठ केन्द्रिय उपाध्यक्ष नवराज कुवँरले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ सहित प्रमाणपत्र वितरण गरेका थिए । क्यान महासंघको लक्ष्य उद्देश्य भित्र रहि कार्य गर्न र संघलाई चलायमान बनाउदै सदस्यहरुको हक हितको प्रर्बद्धनमा तल्लीन हुन उपाध्यक्ष कुवरले कार्यसमितिलाई निर्देशन दिएका थिए । यसैगरि क्यान कपिलवस्तुका पूर्व अध्यक्ष लक्ष्मण बेल्बासेले क्यानले जिल्लाका सबै प्रविधि र कम्प्यूटर क्षेत्रमा आबद्ध व्यवसायी तथा प्रशिक्षण केन्द्रहरुलाई जोड्नुपर्ने बताए । नयाँ प्रविधि तथा कम्प्यूटरको आधुनिक शिक्षाबारे क्यानले विशेष अभियान थाल्न बेल्बासेले आग्रह गरे ।
बार्षिक साधारण सभा कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी तथा बुद्धभूमी नगर प्रमुख केशव श्रेष्ठले क्यान महासंघले स्थानीय सरकारसंग साझेदारीमा कार्य गर्नुपर्ने र यसको लागि आफुहरु सधै इच्छुक भएको बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले क्यानले व्यवसायीको हक प्रर्बद्धनका साथै सामाजिक तथा प्राविधिक शिक्षाको अभियानलाई समेत संचालन गरि समाजमा योगदान पुरयाउनुपर्नेमा जोड दिए । नव निर्वाचित अध्यक्ष माधव घिमिरेले संमितिलाई शशक्त बनाउन विभिन्न योजनाहरु लागू गर्ने बताए “यसका लागि हामीले विभिन्न उप–समिति बनाएर काम अघि बढाउछौ” उनले भने ।
समिति पछिल्ला चरणमा भन्दा तिब्र गतिमा अघि बढ्ने र जिल्लाका सबै क्षेत्रका कम्प्यूटर र प्रविधि क्षेत्रका व्यवसायीलाई संगठित गर्दै जाने घिमिरेले बताए । क्यान कपिलवस्तु २०५८ साल वैशाख १७ गते स्थापना गरिएको थियो । हाल यसमा संस्थागत २९ र व्यक्तिगत २६ गरि कुल ५५ सदस्य आबद्ध छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५ शनिबार ००:००  २ : २८ बजे