८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

नेविसंघद्धारा एक लाखको अक्षय कोष स्थापना



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेविसंघ कपिलवस्तुद्धारा कार्यकर्ताको नाममा एक लाखभन्दा बढिको अक्षयकोष स्थापना  भएको छ ।  वाणगंगा नगरपालिकाको श्रीउच्च मा वि झण्डाका नेपाल विद्यार्थी संघ ईकाई समितिका स्वर्गिय सभापति सरोज खनालको स्मृतिमा एक लाखको अक्षयकोष खडा गरिएको हो । विद्यालयमा एक समारोहका बीच रकम बिद्यालयलाई हस्तान्तरण गरिएको छ । नेविसंघ सिद्धार्थ क्याम्पस बुङची र क्षेत्रीय समिति कपिलवस्तु क्षेत्र नं. १ द्वारा आयोजित कार्यक्रमकाबीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य सांसद प्रमुख अतिथी अतहर कमालले सो रकम बिद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । गत असार २२ गते खनालको मृत्यु भएको थियो ।

सांसद कमालले संघले एक होनाहार युवा गुमाएको प्रति समबेदना प्रकट गर्दै संघले गरेको कामको प्रशंसा गर्नुभयो । नेविसंघ सधैव आफ्ना कार्यकर्ताको  संरक्षण गर्दै विद्यार्र्थीका हक हितका लागि लागि पर्नुपर्ने बताउदै उहाँले  राम्रो कामले नेविसंघ प्रती विश्वास जगाउनु पर्ने बताउनुभयो । अक्षयकोषबाट आउने ब्याजले बिद्यालयमा अध्ययनरत गरिब र जेहेन्दार बिद्यार्थीलाई छात्राबृत्रि दिने खनालका बुवा जेद प्रसाद खनालले बताउनुभयो ।

संघका सह महामन्त्री प्रकाश घिमिरेले नेविसंघ सदैव कार्यकर्ताको सुखदुःख मा रहने बताउनुभयो । तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरीले नेविसंघ लाई सदैव तरुण दलले साथ दिने बताउनुभयो । नेविसंघका क्षेत्रीय  क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघमा आवद्ध विद्यार्थीहरुको हकहितको लागि सामाजिक सहयोगका कामहरु गर्दै जाने बताए।

कार्यक्रममा नेवि संघ जिल्ला सभापति राकेश पाण्डेय, महाधिवेशन प्रतिनिधि  छबिलाल नेपाली, नेका छेत्रीय उपसभापति  सालिकराम चौधरी,नगर सभापति  बिश्व थापा, क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेल, प्राचार्य कृष्णा टंडन, बिब्यस अध्यक्ष  कमल प्रसाद खनाल, समाजसेवी मोहन ज्ञवाली, कार्यक्रम संयोजक मीन थापा लगायतले बोल्नु भएको थियो । सिद्धार्थ क्याम्पस इकाई समितिका सभापति दिनेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गोबिन्द आचार्यले गर्नुभएको थियो

प्रकाशित मिति : २४ भाद्र २०७५ आइतबार ००:००  २ : ५० बजे