८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

हत्या विरोधमा तरुण दलद्धारा रोल्पा बन्द



रोल्पा ।

तरुण दलका रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोध स्वरुप तरुण दलले सोमबार रोल्पाको सदरमुकाम लिबाङ बजार, यातायात र शिक्षण संस्था बन्द गराएको छ । बिहानैदेखि बजार सुनसान छ ।

सवारीसाधन समेत चलेका छैनन् । फरार रहेका दोषीलाई पक्राउ गर्नुपर्ने र पक्राउ परेकालाई कडा कारवाही गर्न आन्दोलनकारीले माग गरेका छन । गोलि हानेको आरोपमा रोल्पा नगरपालिका १० धबाङका ३० वर्षीय देबबहादुर घर्तिलाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ ।

हत्या गरिएका रोल्पा नगरपालिका १० सिमलबाङका २९ वर्षीय रोहित पुनको शब परिवारले बुझ्न मानेका छैनन् । शव घटनास्थल सुलिचौरबाट आजै बिहान पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याईएको छ । फरार रहेका भनिएकाहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  २ : २७ बजे