४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सञ्चार गहृको नेतृत्व तहमा महिला पत्रकार हुनुपर्नेमा जोड



मायादेवी अनलाइन, कपिलवस्तु ।
सञ्चार माध्यममा महिला पत्रकारको सहभागीता बढाउनुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आज राखेको महिला पत्रकारको विद्यमान अवस्था, अवसर र चुनौती विषय अन्तर्रक्रियामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
जिल्लाका प्रमुख सञ्चार माध्यमको जिम्मेवार पदमा महिला पत्रकारको उपस्थिती न्यून हुनु दुखत रहेको भन्दै त्यता तिर सञ्चार गृह सचेत हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारुले महिलाहरु हरेक क्षेत्रमा अगाडी आउनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता समाज रुपान्तरणको एउटा माध्यम रहेकोले महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने उपमेयर थारुले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले सञ्चार गहृका महत्वपूर्ण पदमा महिला पत्रकारलाई सहभागीता जनाउनुपर्ने बताउनुभयो । त्यसको लागि पत्रकार महासंघले पहल गर्ने उहाले जनाउनुभयो । पत्रकारिता अध्ययन, अनुसन्धानको पेशा भएकोले महिला पत्रकार पनि यो विषयमा दक्ष बन्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव, पूर्व अध्यक्ष भेषराज पाण्डे लगायतले बोल्नुभएको थियो ।
महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी जिल्ला उपाध्यक्ष पार्वती पाण्डेले महिला पत्रकारको विद्यमान अवस्था, अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुएको थियो भने सञ्चालन कार्य समिति सदस्य शारदा केशीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ३ : २३ बजे