४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

हेमराज मा.वि.का विद्यार्थीलाई अमेरिकाबाट नगद सहित सम्मान


२५ भाद्र २०७५ सोमबार ००:००  

2
Shares

सूर्य चुदाली, वाणगंगा ।
हेमराज माध्ययिक विद्यालय वाणगंगा ११ हथौसा कपिलवस्तुका विद्यार्थी विजय बहादुर थारु र श्यामकला रानालाई एक समारोह बीच सम्मान गरिएको छ । सामुदायिक विद्यालय तर्फ कक्षा १२ को परीक्षामा वाणिज्य संकायमा जिल्लामा प्रथम स्थान हासिल गरेको अवसरमा ती विद्यार्थीलाई सम्मान गरिएको होे ।
हाल अमेरिकामा रहनुभएका हेमराज मा.वि.का पूर्व विद्यार्थी सरोज पन्थले आफू पढेको विद्यालयले जिल्लामै राम्रो नतिजा ल्याएको भन्दै उनीहरुलाई प्रोत्साहन स्वरुप प्रति विद्यार्थी नगद ५ हजार र शैक्षिक सामाग्री प्रदान गर्नुभएकोे छ । पुरस्कार वितरण कार्यक्रममा उनका बुबा शोभाखर पन्थ र आमा सिता पन्थले सामुदायिक विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा विद्यालयले अझ सफलता हासिल गरोस् भन्ने शुभकामना दिनुभएको छ ।
सोही अवसरमा विद्यालयका प्रधानाध्यापक तुलसीराम यादवले विगत वर्षमा जस्तै यसवर्ष पनि शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै विद्यार्थी, शिक्षक तथा अभिभावकलाई धन्यवाद समेत दिनुभएको छ । कार्यक्रममा जिल्ला प्रथम हुन सफल विद्यार्थी विजय बहादुर थारुले विद्यालयका शिक्षकहरुको मार्गदर्शन, साथीभाइको हौसला र अभिभावकको उत्प्रेरणाले राम्रो नतिजा ल्याउन सफल भएको बताउँदै विद्यार्थीलाई अझ मिहिनेत गरी आगामी दिनमा विद्यालयको इज्जत र प्रतिष्ठा बढाउन समेत आग्रह गरेका थिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक तुलसीराम यादवको अध्यक्षता र शिक्षक नेत्रलाल अर्यालको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ६ : ५४ बजे