२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

कांग्रेस सभापति देउवा अन्तरघात बारे बोले



नेपालगञ्ज ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ ।
जननायक बिपी कोइरालाको १०५ औँ जयन्तीका अवसरमा आज काठमाण्डौंमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्र्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाउनुभयो । लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुभ्mनुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ९ : २५ बजे