८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

ओली र दाहाल बीच भेटवार्ता, बुधबार पार्टी सचिवालयको बैठक



काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पार्टीको जनवर्गीय सङ्गठन एकताको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीको जनवर्गीय सङ्गठन, प्रदेश र जिल्ला समितिको एकताको विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
भेटघाटमा एकता प्रक्रियालाई पूर्णता दिन यही भदौ २७ गते पार्टी सचिवालयको बैठक बोलाउने सहमति भएको छ । सचिवालयको बैठकले आवश्यक निर्णय लिने र एकता प्रक्रियालाई पूर्णता दिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली तथा अर्का अध्यक्ष दाहाल बीच छलफल भएको हो ।
सो अवसरमा अध्यक्ष दाहालको चारदिने भारत भ्रमणका विषयमा समेत छलफल भएको थियो । समग्रमा राजनीतिक विषयभन्दा पनि विकास निर्माण एवं आर्थिक समृद्धिको लक्ष्यमा अगाडि बढ्नका लागि भ्रमण फलदायी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७५ सोमबार ००:००  ९ : ३० बजे