२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कपिलवस्तु निर्माण ब्यवसायी संघमा गुप्ताको प्यानल विजयी



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु निर्माण ब्यवसायी संघको अध्यक्षमा गुञ्जन कुमार गुप्ता निर्वाचित हुनु भएको छ । उहाँले निवर्तमान अध्यक्ष चन्द्रशेखर श्रेष्ठलाई पराजित गर्नुभएको हो । तौलिहवामा सम्पन्न दशौं साधारण सभा तथा पाँचौ अधिवेशनले नयाँ कार्यसमिति निर्माण गरेको हो ।
जसको उपाध्यक्षमा विष्णु खनाल, द्धितीय उपाध्यक्षमा नारायण अर्याल, महासचिवमा सरोज अर्याल, सचिवमा अनन्त खड्का, कोषाध्यक्षमा अशोक गुप्ता र सह कोषाध्यक्षमा नगेन्द्र सिंह निर्वाचित हुनु भएको हो ।
त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा गुन्जन कुमार गुप्ताको प्यानलबाट उम्मेदवार बनेका ६ जना सुनिल कुमार शुक्ल, रमेश मिश्र, युनिस फकिर, गम्म रैदास, चेतनारायण भण्डारी र धर्मेन्द्र कुमार शुक्ला निर्वाचित हनु भएको छ ।
कुल एक सय बैसट्ठी सदस्य रहेको निर्माण व्यवसायी संघमा एक सय पचास मत खसेको थियो । राति मात्र त्यसको अन्तिम नतिजा आएको हो ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : ०५ बजे