८ जेष्ठ २०८१, मंगलबार | Wed May 22 2024

कृषि मन्त्री पौडेल भन्छिन ‘कपिलवस्तु’ फलफूल नर्सरी तथा खेल मैदान



मनिष गुप्ता, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ६ मा रहेको ५२ बिगाह पक्कि जमिनमा फलफुल नर्सरी तथा खेल मैदान बनाउने प्रदेश न. ५  की कृषि मन्त्री अरती पौडेलले बताएकि छिन् ।

कृष्णनगरमा रहेको ५२ बिगाह पक्कि ८ नम्बरी जग्गाको सोमवार अनुगमन गरि फलफुल नर्सरी तथा खेल मैदान बनाउने जग्गा प्रयाप्त रहेको बताउदै पहल गर्ने प्रतिबद्धता जाहेर गरेकि हुन् ।

प्रदेश संसद अर्जुन केसीको विशेष पहलमा जग्गाको कृषि मन्त्रीद्वारा अनुगमन गरिएको स्थानीय जाबेद आलमले बताएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : २७ बजे