८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

सरकारले पत्रकारिता क्षेत्रलाई ध्वस्त पार्यो : भण्डारी



शिवलाल सुवेदी, गुल्मी ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पत्रकारिता क्षेत्रलाई वर्तमान सरकारले ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन गुल्मीको मगंलवार सातौ जिल्ला अधिबेशनको उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका काग्रेस केन्द्रिय सदस्य बर्तमान सरकारले पत्रकारिता क्षेत्रलाई ध्वस्त पार्ने काम गरेको दावी गरे ।
राज्यको चौथ्रो अगंको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई वर्तमान सरकाले नयाँ संहिता लागु गरेर अंकुस लगाउने काम गरेकाले यसलाई तत्काल सच्चाउन म सरकारलाई आग्रह गछू उनले भने पत्रकारिता क्षेत्रलाई स्वतन्त्र बनाउनुपर्छ । गुल्मेली पत्रकारहरुलाई गुल्मीमा अहिलेसम्म भएका विकास निमार्णको क्षेत्रमा कुन नेताले कहिले कति वजेट ल्याएर काम भएका छन छलङ्घ लेखेर वाहिर ल्याउन आग्रह गरे ।
गुल्मीको विकास निमार्ण सगै सरकारप्रति खनिएका नेता भण्डारीले पत्रकारमार्फत सरकारका मन्त्रीहरुलाई भने, ‘तपाईंहरुले भन्दिनुस् लेख्निुस् चन्द्र भण्डारीले गुल्मीको कार्यक्रममा चुनौति दियो हामीहरुको पालामा ल्याएको वजेट पाँच वर्षसम्म ल्याउनु हुन्छ भने रिडीमा म फूलमाला लगाईनि तयार छु । कांग्रेस सरकारको पालाको जति वजेट गुल्मीमा अहिलेका मन्त्रीलाई ल्याए उहाँहरुलाई आजीवन सांसद बनाइदिए हुन्छ उनको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७५ मंगलबार ००:००  ३ : ३१ बजे