१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गजल : नरोइ बसे आमा



शान्ता पौडेल ।
यो साल पनि आउन पाइन नरोइ बसे आमा
आँशुले त्यो हरको चोली नधोइ बसे आमा ।

तीज मनाउन आए होलान गाउँका दिदीबहिनी सबै
आगनीको डिलमा दुखी नभोई बसे आमा ।

बर्खामास खाली पाउँ भिज्दै मेलापात गर्दै
नाच्न छाडी साहुको मेला नगोइ बसे आमा ।

झमक्कै साँझ पर्दासम्म मै छोरीको बाटो हेर्दै
आँशु बनि आखाबाट नचोइ बसे आमा ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  १ : ४२ बजे