८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रकाण्डलाई आज दाङबाट सर्वोच्च लगिँदै



तुलसीपुर ।

भोजपुरबाट दाङ ल्याइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दाङबाट काठमाडौँ लग्ने तयारी गरिएको छ ।

बन्दी प्रत्यक्षकरण सम्बन्धी रिट परेपछि प्रकाण्डलाई काठमाडौँ झिकाएर हाजिर गराउन  सर्वोच्चले पत्र काटेको थियो । त्यसपछि उहालाई काठमाडौँ लाने तयारी गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

सर्वोच्चको चिठ्ठी जिल्ला प्रहरी कार्यालयमा आएपछि प्रकाण्डलाई भोली काठमाडौँ लगिन लागिएको उहाले बताउनुभयो । निर्वाचनको बेला दाङमा भएको बम विस्फोटमा एक म्यादी प्रहरीको मुत्यु भएको मुद्दा लगाएर उनलाई गत शुक्रवार दाङ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतबाट सात दिनको म्याद गरेर अनुसन्धान गरिरहेका बेला प्रकाण्डलाई काठमाडौँ झिकाउन आदेश भएको हो । डीएसपी सापकोटाले सर्वाेच्चको निर्णयानुसार दाङको मुद्दा अघि बढ्ने बताउनुभयोे ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  २ : ०१ बजे