१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कोरियामा पनि मनाईयो तीज



शिव भुसाल, दक्षिण कोरिया । 

नेपाल भन्दा पर धेरै टाढा रहेर पनि कोरियामा रहेका नेपालीहरुले तीज पर्वलाई धुमधामसँग मनाएका छन् । तीज पर्वको अवसरमा विदाको दिन पारेर आईतवार कोरियाका विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर नेपालीहरु जमघट भए ।

कार्यक्रममा उपस्थित नेपाली पोषाकमा सजिएका नेपाली चेलीहरु र त्यहाँ घन्किएका तीज गीतले प्रवासमा पनि नेपालीहरुको देशप्रेम र नेपालको संस्कृतीप्रतीको माया स्पस्ट झल्किन्थ्यो ।

दक्षिण कोरियामा नेपालीहरुको संख्या बाक्लिएसँगै नेपालका विषेश चार्डहरुमा आपसमा जम्मा भएर रमाउने गरेका छन् । यस्ता अवसरहरुमा कतिपय स्थानहरुमा नेपालबाट कलाकार बोलाएर पनि मनोरञ्जन गरिने गरिएको छ ।

किमेमा रहेका नेपालीहरुको संस्था किमे सिस्टरहुडले आईतवार तिज गित कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा गायीका मञ्जु विकले आफ्नो प्रस्तुती दिईन् । त्यस्तै सुजता बस्नेत, सुरज केसी लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

उता कोरियाको राजधानी सउलमा गुल्मि सम्पर्क समितीको तीजगित धमाका सम्पन्न भयो । नेपालबाट ल्याईएका कलाकारहरु रामचन्द्र चन्द र रितु थापाको प्रस्तुती रहेको उक्त कार्यक्रममा ठुलो संख्यामा नेपालीहरु उपस्थित थिए । त्यस्तै थेगुमा रहेका स्याङजालीहरुको संस्था स्याङजा समाज थेगुले पनि आइतवार तीजगीत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गायीका रमिला गौतम लगायतले प्रस्तुती दिएका थिए ।

कोरियाको फेन्थेकमा रहेका नेपालीहरुको संस्था पुर्कोट समाजले पनि आईतवार तीजगीत कार्यक्रम सम्पन्न गर्यो ।  छानान आनसान नेपाली समाजले पनि नेपालीहरुको जमघट गराई तिजगित कार्यक्रम सम्पन्न गरेको छ ।

यता कोरियाको राजधानी पछिको दास्रो सहरका रुपमा परिचित बुसान क्षेत्रमा पनि ठुलो संख्यामा नेपालीहरु जम्मा भई नाचगान गर्नुका साथै गितका माध्यमबाट सुखदुख साटासाट गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ८ : ४२ बजे