९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

कपिलवस्तुका विभिन्न स्थानमा तीजको रौनक



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज हरितालिका (तीज) । नेपाली हिन्दु नारीहरुको महान् पर्व । देशभरका नारीहरुले धुमधामका साथ मनाइरहेका छन् । अहिले देशभरका बिभिन्न स्थानमा तीज विशेष कार्यक्रम गर्न नारीहरु भेला भइरहेका छन् । कपिलवस्तुको सदरमुकाम तौलीहवा, कृष्णनगर, बहादुरगंज, चन्द्रौटा, गोरुसिंगे, बनगाई, पिपरा, बोडगाउँ, वैरिया, ४ नम्बर जितपुर गजेहडा, ओदारी लगायतका मुख्य स्थानमा महिलाहरु भेला भएर नाचगान गरिरहनु भएको हाम्रा सहकर्मीहरुले जानकारी दिनुभएको छ ।
उता राजधानीको पशुपतिमा आज मध्याह्न १२ बजेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन् । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो ।
यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ । दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा तीजका गीत गाई नृत्य प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  ८ : ४७ बजे