१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीजको नाचगान गर्ने महिलालाई प्रभु बैकंले दियो स्वच्छ पानी



अराज सिहं बेल्बासे, कपिलबस्तु ।
प्रभुु बैंक विजयनगर शाखा कपिलवस्तुद्धारा हिन्दु महिलाहरुको विशेष चाड हरितालिका तीजको अवसरमा हरेक वर्ष मनाउँदै आएको तीज विशेष मेला प्रेमनगर (भटनी) मा बैंकको सामाजिक उत्तर दायित्व अन्र्तगत १४०० लिटर शुद्ध पिउने पानी श्रृजनशिल युवा क्लवका अध्यक्ष अग्नी प्रसाद सापकोटालाई हस्तान्तरण गरिएको शाखा प्रमुख आनन्द बस्नेतले जानकारी दिनुभयो ।
बिभिन्न गाउँका महिलाहरु जम्मा भएर तीजको नाचगान गर्दै मनाउने स्थानमा श्रृजनशिल युवा क्लवको ब्यवस्थापनमा उक्त पानी नाचगानमा आउने महिलाहरुलाई बितरण गरिएको थियो ।
उक्त कार्यमा विजयनगर व्यापार संघका अध्यक्ष गोकर्ण प्रसाद सापकोटा तथा अन्य समाजसेवीहरुको समेत उपस्थिति तथा सहयोग रहेको प्रभु बैंक बिजयनगर शाखा प्रबन्धक आनन्द बस्नेतले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७५ बुधबार ००:००  १ : ३१ बजे