१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज डलरको भाउ घट्यो



काठमाण्डौं ।

केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो । यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ  १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएकोले डलरको भाउ लगातार बढीरहेको अर्थ्विदको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो ।

भारतसँगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि स्वत डलरको भाउ महंगो हुने गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  २ : ५६ बजे