७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

विराटनगर जुटमिल पुनः सञ्चालनमा



विराटनगर । 

नेपालको सबैभन्दा पुरानो उद्योग विराटनगर जुटमिल पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि उत्पादन बन्द रहेको यो उद्योग मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।

उद्योगका अध्यक्ष बसन्त वनले ‘झन्डै एक दशकपछि उद्योगबाट व्यवसायिक उत्पादन थालेको भन्दै  लगातार ३ महिनादेखिको प्रयासपछि उद्योग सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

गत वर्ष नै परीक्षणका रुपमा उद्योग सञ्चालन गरिए पनि उत्पादन हुन सकेको थिएन। अहिले उद्योगले जुट, सुतली, बोरालगायतका सामग्री उत्पादन गरिरहेको छ।

उद्योगका अध्यक्ष वनका अनुसार अहिले दैनिक ६ टनका दरमा जुट उत्पादन हुन थालेको छ। आगामी एक महिनाभित्रै दैनिक २० टन जुट उत्पादन गरिने योजना रहेको उनले सुनाउनु भयो । एक महिनाभित्र २० टनमा पु¥याउने लक्ष्य छ,’ वनले भने। अहिले नै पनि उद्योगसँग दैनिक २० टन जुट उत्पादन गर्ने क्षमता छ।

प्रकाशित मिति : २८ भदौ २०७५ बिहिबार ००:००  ३ : १३ बजे