८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

प्रकाण्डलाई विमानबाट काठमाण्डौँ लगियो



दाङ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ लाई आज काठमाडौं लगिएको छ । बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

गत शुक्रबार भोजपुरबाट दाङ ल्याइएका प्रकाण्डलाई सर्वाेच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि ५ दिन दाङमा राखेर पुनः काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।

प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याइएको थियो।एक प्रहरी अधिकारीका अनुसार उनीमाथि  अनुसन्धान भने जारी नै छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५ बिहिबार ००:००  ९ : ३१ बजे